लाजिम्पाटमा आगलागी, १ को मृत्यु ४ घाइते

लाजिम्पाटमा आगलागी, १ को मृत्यु ४ घाइते

काठमाडौँ : बिहीबार राति काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।  घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए। थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए। 

गम्भीर घाइते हुनेमा बर्दिया राजापुरका विवेक शाही र उनकी श्रीमती गंगा शाही रहेका छन्। विवेकको मुख जलेको र गंगाको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। घाइते चन्द्रमाया राई र बिना बस्नेत अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले जानकारी दिए।

माटोको घरमा आगो बिजुली सर्ट भएर लागेको प्रहरी प्रवक्ता बोगटीले बताए । राति १२ बजे लागेको आगो १ बजे नियन्त्रणमा आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.