२७ वर्षे पत्नीसँग ५३ वर्षे सेलिब्रिटीको यस्तो रोमान्स
नयाँदिल्ली : बलिउडमा अभिनेता तथा सेलिब्रिटी मिलिन्द सोमनले आफ्ती २५ वर्ष कान्छी श्रीमतीसँग बिदा मनाउँदै गरेको समाचार भाइरल नै भयो ।
मिलिन्द र उनकी श्रीमती अंकिता कुंवरले इन्स्टाग्राममार्फत समुद्र किनारका तस्बिर सार्वजनिक गरेपछि भारतीय मिडियामा ती तस्बिर गस्सिप नै बनेका छन् ।
बेलायती मूलका भारतीय सेलिब्रिटी मिलिन्दले आफ्नो पुरानो वैवाहिक सम्बन्ध २००९ मा टुटाउँदै सन् २०१८ मा कंकिताको साथ विवाह गरेका थिए । पछिल्लो पटक विदा बनाउन उनीहरु माल्दिभ्सको समुद्री किनारमा पुगेको भारतीय मिडियाले जनाएका छन् । उनीहरुले सार्वजनिक गरेका तस्बिर ‘रोमान्टिक मूड’का देखिन्छन् ।
त्यसो त, २५ वर्ष अन्तर रहेको यो जोडीको सम्बन्ध मिडियाका लागि बेला बेला गस्सिप हुने गरेको छ । मिलिन्द ५३ वर्षका भए भने उनकी श्रीमती अंकिता २७ वर्ष मात्र पुगिन् ।