फर्कियो ‘सम्हालिन्छ कहिले मन’
काठमाडौं : फिल्म छायांकनका लागि लन्डन गएको ‘सम्हालिन्छ कहिले मन’को टोली काठमाडौं फर्किएको छ । फिल्मको ९० प्रतिशत छायांकन लन्डनमा गरेर टोली काठमाडौं फर्किएको हो । अब काठमाडौं र आसपासका स्थानमा ययको बाँकी छायांकन गरिने छ । फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौमा प्रर्दशन गर्ने योजना छ ।
सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’ बोलको गीतबाट नाम जुराइएको फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्मालगायतका कलाकारको अभिनय छ । प्रेम कथामा निर्माण भइरहेको फिल्म महेश दवाडीले लेखेका हुन् । फिल्ममा अर्जुन पोखरेल, तारा प्रकाश लिम्बू र सुगम पोखरेलको संगीत छ भने कविराज गहतराजको कोरियोग्राफी रहने छ ।
फिल्को निर्देशन सुदर्शन थापाले गरेका छन् । यसअघि प्रेमगीत सिरिज र राम कहानी निर्माण गरेको टोलीले निर्माण गरेको फिल्म म्युजिकल लभ स्टोरी हुने बताइएको छ ।