हेल्थ असिस्टेन्ट संघमा विवाद चुलियो, अध्यक्ष अधिकारी बर्खास्त

हेल्थ असिस्टेन्ट संघमा विवाद चुलियो, अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं : हेल्थ असिष्टेन्ट संघ, नेपाल (हान)का अध्यक्ष दाताराम अधिकारीलाई बर्खास्त गरिएपछि विवाद चुलिएको छ । केन्द्रीय समितिकोे बैठकले बर्खास्त गरिएपछि पदाधिकारीको विवाद उत्कर्षमा पुगेको हो ।

केन्द्रीय समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार बहुमत सदस्यको उपस्थितिमा अध्यक्ष अधिकारीलाई बर्खास्त गरिएको हानका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले जानकारी दिए । अध्यक्ष अधिकारीलाई आर्थिक अनियमिततामा संलग्न भएको,कर्मचारी समायोजनको क्रममा भूमिका निर्वाह गर्न नसकेको , चरम राजनीति गरेको लगायत पेशागत मर्यादा कायम गर्न नसकेको लगायत नौवटा अभियोग लगाइएको छ ।

बरिष्ठ अध्यक्ष खड्काका अनुसार चारजना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि समितिको बैठक बोलाइएको थियो । ‘पन्ध्र सदस्यमा दश जनाले बर्खास्त गरिएको माइन्युटमा हस्ताक्षर गरेका छन् । बैठकमा बोलाउँदा पनि नआउने र राजीनामा पनि नदिएका कारण बर्खास्त गरिएको हो ।’ बरिष्ठ उपाध्यक्ष खड्काले भने । अध्यक्ष अधिकारीले संस्थाको विधान अनुरुप प्रत्येक दुई—दुई वर्षमा गर्नुपर्ने साधारण सभा समेत पाँच वर्षसम्म गर्न नसकेको आरोप लगाइएको छ ।

बर्खास्त गरिएको भनिएका अधिकारीलाई हानका सचिव दीर्घबहादुर बोगटी लगायतका पदाधिकारीले समर्थन गरेका छन् । सचिव बोगटीले भने, ‘बहुमतको निर्णय होइन । विधानलाई लत्याइएको छ । बर्खास्त गरेको सुनेर हामी अचम्मित छौं ।’

 सचिव बोगटीका अनुसार, बहुमत पदाधिकारी बसेर बर्खास्त गरिएको जानकारी झुटो भएको पुष्टि गर्ने तयारी भइरहेको बताए । पन्ध्र सदस्यीय पदाधिकारी मध्ये आठ जना आफ्नो पक्षमा रहेको सचिव बोगटीले दावी गरे । संघमा झण्डै पाँच हजार हेल्थ असिस्टेन्ट सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.