भारतमा माओवादी आक्रमण, विधायक सहित ६ जना मारिए

भारतमा माओवादी आक्रमण, विधायक सहित ६ जना मारिए

रायपुर : भारतको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लामा माओवादी आक्रमणमा विधायक सहित ६ जनाको ज्यान गएको छ ।

आक्रमणमा भारतीय जनता पार्टी (भाजपा) तर्फबाट निर्वाचित विधायक भीमा मण्डावीको ज्यान गएको छ । वरिष्ठ प्रहरी अधिकारी डीआईजी पी सुन्दर राजले मण्डावी, उनका चालक र तीन प्रहरी मारिएको पुष्टि गरेका छन् । दन्तेवाडा छत्तीसगढ राज्यको बस्तर लोकसभा क्षेत्रमा बिहीवार निर्वाचन हुँदै छ । कुआकोंडा पुग्नुभन्दा २ किलोमिटर अगाडि नै विस्फोट भएको थियो ।

निर्वाचन अभियानका क्रममा गइरहेका बेला सशस्त्र माओवादीले आक्रमण गरेका थिए । उनीहरूले आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिट डिभाइस) विस्फोट गराएर विधायकको गाडीमाथि आक्रमण गरेका थिए । उनको सुरक्षार्थ खटिएको गाडीमा पनि विस्फोट हुँदा सुरक्षाकर्मीको ज्यान गएको हो । उनीहरूले बारुदी सुरुङ विस्फोट गराएर आक्रमण गरेका थिए ।

विस्फोटबाट सडकमा ठूलो खाडल परेको छ । गाडी २ सय मिटर टाढा उछिट्टिएको थियो । छत्तीसगढ माओवादी प्रभावित राज्य हो । आक्रमणलगत्तै केन्द्रीय रिजर्भ सुरक्षाबल (सीआरपीएफ) र राज्य प्रहरीलाई घटनास्थल पठाइएको छ । हाल घटनास्थल वरपरका क्षेत्र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सुरक्षाकर्मीले आक्रमणकारीको खोजी शुरु गरेको छ । दुवैतर्फ आधा घण्टासम्म दोहोरो गोली हानाहान भएको थियो । मारिएका पाँचजनाको फोन पनि माओवादीले लगेका छन् ।

छत्तीसगढमा कैयौंपटक माओवादीले आक्रमण गरेका थिए । सन् २०१८ को जुलाईमा माओवादीले छत्तीसगढको काँकेर जिल्लामा बीएसएफका जवानमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणमा २ सुरक्षाकर्मी मारिएका थिए । गत वर्ष १३ मार्चमा पनि सुकमा जिल्लामा सीआरपीएफको २१२ औं बटालियनमाथि माओवादीले आक्रमण गरेका थिए । उनीहरूको विस्फोटबाट ९ सुरक्षाकर्मी मारिएका थिए ।

सुकमा जिल्लामा २०१३ मा भएको माओवादी आक्रमणमा कांग्रेसका नेता विद्याचरण शुक्ल, महेन्द्र कर्मा लगायत २५ जनाको मृत्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.