फ्लाई दुबईलाई नियम विपरित उडान अनुमति

फ्लाई दुबईलाई नियम विपरित उडान अनुमति

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई नियम विपरित १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार साँझ ८ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको संयुक्त अरब इमिरेट्स (युएई)को उक्त वायुसेवा नौ बजे नै फर्कनुपर्ने थियो । तर, यो वायुसेवाले अन्तर्राष्ट्रिय नियम विपरित विमानस्थल बन्द नोटाम अर्थात् नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ ।

विमानस्थल चैत १८ देखि राती १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द थालिएको छ । उक्त समयमा उडान रोकिनुपर्ने भएपनि फ्लाई दुबईलाई नोटम सुरु भएकौ समयमा १७ मिनेटपछि उडान गर्न दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । गएको साताको मंगलबार मात्रै नेपाल वायुसेवा निगमको जहाज ४ मिनेट ढिलो हुँदा उडान रोकेको थियो । तर, विमानस्थल कार्यालयले भने विदेशी वायुसेवालाई भने १७ मिनेट ढिलो गरेर गर्दा पनि उडान अनुमति दिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयनको नियम अनुसार नोटाम सुरु भएको समयमा उडान अनुमति दिन मिल्दैन् । विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबईको एक सय ८९ सिट क्षमताको बोइङ ७३७–८८ जहाजमार्फत मंगलबार दुबईबाट एक सय ५६ यात्रु बोकेर ८ः२० मा विमानस्थल अवतरण गरेको थियो । यो वायुसेवाले ९ बजे एक सय ७३ यात्रु बोकेर उड्नुपर्ने थियो । यो वायुसेवाको १०ः३ मिनेटमा ढोका बन्द भएको थियो भने १०ः६ मा मात्रै पुस व्याक गरेर ट्याक्सी वेमा पुगेको थियो । उड्न ठिक्क परेको जहाज ट्याक्सी वेबाट धावनमार्गमा निस्कन ढिलो गरेका कारण विमानस्थल बन्दको १७ मिनेट पछि अर्थात १०ः१७ मा मात्रै उडेको थियो ।

जहाजले निर्धारित उडान समयभन्दा ढिलो गरेको विषयमा फ्लाई दुबईका काठमाडौ विमानस्थल स्थित प्रवन्धक अवित श्रेष्ठसँग जानकारी लिन खोज्दा उनले केही बोल्न नमिल्ने बताए । श्रेष्ठले भने फ्लाई दुबईको दुबई स्थित पीआर कार्यालयबाटै सूचना लिनुपर्न र आफूँले केही दिन नमिल्ने भन्दै पन्छिए ।

विमानस्थलको नियम अनुसार नोटाममा उडान अनुमति लिँदा प्राधिकरण महानिर्देशकबाट स्वीकृत गराउँनुपर्छ । विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले आफैं निर्णय गरेर उडान अनुमति दिएको विषयमा भने प्राधिकरणले स्पष्टिकरण सोधेको छ । प्राधिकरणमा महानिर्देशक सन्जिव गौतमले अन्नपूर्णसँग भने ‘नोटामको समयमा उडान अनुमति किन दिएको भनेर २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।’, विमानस्थल महाप्रवन्धकले यो विषयमा लिखित स्पष्टिकरण दिएपछि नै आधिकारीक कारण आउने पनि उनले बताए ।

राष्ट्रिय ध्वजाबाहक र विदेशी वायुसेवालाई फरक व्यवहार भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि लिखित स्पष्टिकरण सोधेको पर्यटन सचिव मोहनकृष्ण सापकोटाले बताए ।

विमानस्थल कार्यालयका महाप्रवन्धक क्षेत्रीका अनुसार फ्लाई दुबईले प्राविधिक कारण यात्रु राख्दै ढिलो भएको भन्दै जम्मा दुई मिनेटको समय मागेको थियो । ठीक एक साता अगाडिको मंगलबार नै नेपाल एयरलाइन्सलाई ४ मिनेट नदिँदा जहाज उड्न नपाएर विमनस्थलभित्रै १५० यात्रु अलपत्र परेको विषयका कारण नेपाली यात्रुले दुःख नपाउन भनेर उड्न दिएको महाप्रवन्धक क्षेत्रीले अन्नपूर्णलाई बताए ।

क्षेत्रीले भने ‘टावरसँग सम्पर्क गरेरै दुई मिनेटमा उड्छ भनेपछि अनुमति दिएको हुँ ।’ यो वायुसेवा ९ः ५८ मा उड्ने भनिएका कारण यसले मागेको दुइ मिनेट दिँदा ट्याक्सी वेमा जहाज पुगेपनि केही मान्छेको ओहोर दोहोर भएको भन्दै जहाजले धावनमार्ग निष्कन ढिलो ग¥यो । यो जहाजलाई उडान गर्नबाट रोक्नपछि सकिन्थ्यो तर एक साताअगाडि मात्रै निगमको जहाज उड्न नपाउँदा नेपाली यात्रुले दुःख पाएका थिए । नेपाली यात्रुले फेरि दुःख नपाउन भनेर उड्न दिएको दाबी क्षेत्रीको छ ।

गत साता वायुसेवा निगमको उडान गर्दा भने आफूँ हङकङमा भएको र यहाँ भएको भए पहिल्यै व्यवस्थापन मिलाउने दाबी पनि उनको छ । त्यो दिन पनि नोटाम भएको कारण विमानस्थल कार्यालयले अनुमति दिने निर्णय गर्दा निगमका पाइलटले जहाज छोडेर हिँडिसकेको कारण जहाज उड्न नसकेको भनाइ क्षेत्रीको छ ।

यही चैत १८ देखि विमानस्लको तीन हजार मिटर लामो धावनमार्ग पुनर्निर्माणका लागि प्राधिकरणले दैनिक १० घण्टा विमानस्थल बन्द गर्न थालको छ । राती १० बजेदेखि बिहान ८ बजेसम्म हुने विमानस्थल बन्दको समयको उडान सबै बिहान ८ बजेदेखि राती १० बजे भित्रै मिलाइएको पनि विमानस्थल कार्यालयको भनाइ छ । धावनमार्ग मर्मतका कारण तीन महिना रातको समयमा विमानस्थल ठप्प पारिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.