भारतमा आजबाट निर्वाचन शुरु

भारतमा आजबाट निर्वाचन शुरु

एजेन्सी नयाँदिल्ली

भारतमा बिहीवार लोकसभाको पहिलो चरणको मतदान शुरु भएको छ। १८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन्। मतदान बिहान ७ बजे शुरु हुँदै छ। प्रमुख निर्वाचन आयुक्तले सबै मतदातालाई अत्यधिक रूपमा मतदान गर्न आह्वान गरेका छन्। केन्द्रमा सरकार बनाउन ७ चरणमा निर्वाचन हुँदै छ।

पहिले चरणमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानाका सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ। साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ।

मोदीबारेको चलचित्र प्रदर्शन गर्न रोक
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शन गर्नु आचारसंहिता उल्लंघन भएको भन्दै उजुरी परेपछि तत्कालका लागि प्रदर्शनमा रोक लगाइएको हो।

निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफैं निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी निर्वाचन नसकिँदासम्म चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाएको छ।भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर लोकसभा निर्वाचन हुन लागेको छ।

निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुन लागेको छ। प्रमुख प्रतिस्पर्धी कंग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो। निर्वाचनको स्वार्थ देखिएको भन्दै कंग्रेसले उठाएको विषयमा आमसमर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई महसुस गरी प्रतिबन्ध लगाउने निर्णय ग¥यो।

प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायले खेलेका छन्। चलचित्रमा मोदीले बाल्यकालमा रेलमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा भाजपामार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रूपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ।

त्यसैगरी गुजरातको मुख्यमन्त्री भएको बेला उनले अनुकरणीय काम गरेको, ठूलाठूला समस्या समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको निर्माताले जनाएका छन्। समग्रमा मोदीको सफलता देखाउने र उनीप्रतिको आकर्षण बढाउने मनसाय चलचित्रमा समेटिएको छ। यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक साताअघि अर्थात् अप्रिल ५ मा प्रदर्शन गर्ने भनिए पनि फेरि रोकिएको थियो। अहिले प्रदर्शनको तरखर भइरहेका बेला फेरि निर्वाचन आयोगले रोकिदिएको हो।

मोदीले जिते शान्तिवार्ता हुने : इमरान

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को जित भए दुई देशबीच शान्तिवार्ता शुरु हुने बताएका छन्।

भारतमा आजदेखि सात चरणमा निर्वाचन हुँदै छ। भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको दल हो। इमरानले भारतमा आगामी सरकार कंग्रेसको नेतृत्वमा बने कैयौं विषयमा वार्ता हुन कठिन हुन सक्ने बताएका छन्। उनले भने, ‘भाजपा विजयी भए कश्मीर विवादमा कुनै न कुनै रूपमा समाधान हुन सक्छ।’ पाकिस्तानी प्रधानमन्त्री इमरानले जम्मुकश्मीर र भारतमा मुसलमानमाथि अत्याचार भएको दाबी गरे।

पहिले भारतीय मुसलमान खुशी भएको तर मोदी आएपछि चिन्तित भएको बताए। भाजपाले जम्मुकश्मीरबाट विशेष अधिकार खोस्ने बताएको छ। यो निकै चिन्ताको विषय भएको उनको आरोप छ। पाकिस्तान सबैखाले आतंकवादको विरोधी भएको चर्चा गर्दै उनले आतंकवादीलाई नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरे। यसलाई सत्तारुढ नजिक दलले मोदीलाई बदनाम गराउन इमरानले चाल चलेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.