‘ललितपुर पिछडिएको छैन’

‘ललितपुर पिछडिएको छैन’

ललितपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुर पिछडिएको जस्तो लागे पनि त्यस्तो नभएको बताए। बुधबार ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ मा यस्तो बताएका हुन्।

‘हेर्दा पिछडिएको जस्तो देखिए पनि त्यस्तो छैन ललितपुर’, कार्यक्रममा बोल्दै पुनले भने, ‘ललितपुरले विकासका लागि धेरै कुर्नु पर्ने देख्दिनँ।’ यस्ता व्यापार मेलाले अर्थतन्त्र चलायमान बनाउने र मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने जनाए। विश्व हस्तकला महासंघले ३५औं हस्तकला नगरी घोषणा गरेको ललितपुरमा नेपाललाई विश्वसामू चिनाउने थुपै्र सांस्कृतिक सम्पदा भएको पनि बताए। यस घोषणाले नेपालको साँस्कतिक वैभव खुल्ला संग्रहालयका रूपमा कहलिएको पनि बताए।

मुलुकलाई सम्वृद्ध बनाउन निजी क्षेत्रको पनि उत्तिकै सहयोग चाहिने पुनको बुझाइ छ। तर भ्रष्टाचार नहटेसम्म सम्वृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा नहुने बताए। ‘नीतिगत कानुनी झन्झटमा सुधार आयो’, पुनले भने, ‘तर अनियमितता र भ्रष्टाचार हटेन।’ सम्वृद्ध नेपाल र सुखी नेपालीका लागि सबैभन्दा ठूलो शत्रु भ्रटाचार भएको उनको भनाइ छ। ‘जबसम्म भ्रटाचार निर्मुल हँुदैन, तबसम्म सम्वृद्ध नेपालको सपना बालुवामा पानी खन्याएजस्तो हुन्छ’, उनले थपे। भ्रष्टाचारलाई जरैबाट उखेल्न तल्लोभन्दा तल्लो तहदेखि सहयोग हुनुपर्नेमा उनले जोड दिए।

पुनका अनुसार तीनै तहमा स्थीर सरकार बनिसकेको छ। दिगो विकास र सम्वृद्धिको बाटोमा मुलुक अगाडि लम्किसकेको भन्दै छोटो समयमै नेपाली जनता खुसी र सुखी हुने कुरामा उनी आशावादी देखिए। संघीय, प्रदेश र स्थानीय सरकारले सम्वृद्ध नेपाल र सुखी नेपालीको नाराअनुसार काम अघि बढाएको उनको भनाइ छ। ‘आमजनता, जनप्रतिनिधि, संघसंस्था सबैले विकास खोजिरहेका छन्। यसबाट नेपालको साझा एजेन्डा विकास र सम्वृद्धि सम्भव छ’, उनले थपे। तर यसका लागि स्पष्ट दीर्घकालीन तथा वैज्ञानिक योजना, कडा मेहेनत, दृढ इच्छाशक्ति चाहिने पनि बताए। देशमा केही गर्छु भन्ने धारणा चाहिन्छ।

मुलुकलाई सम्वृद्ध बनाउन यहाँका प्राकृतिक स्रोत साधनको उपयोग गरे मात्रै पनि पुग्ने उपराष्ट्रपति पुनको भनाइ छ।

‘अगाडि सारेका नारालाई व्यावहारिक रूपमा उतार्न सक्नुपर्छ’, पुनले भने, ‘देशलाई छोटो समयमा सम्वृद्ध बनाउन सकिन्छ।’ विकासका लागि स्वदेशी तथा विदेशी लगानीको खाँचो रहेको औल्याउँदै यसै सिलसिलामा सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनले भव्य सफलता पाएको बताए। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरलाई राज्यले उपेक्षा गरेको गुनासो गरे। उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा पनि ललितपुरका कुनै एजेन्डा उठेनन्।’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यस प्रकारका मेला उत्पादन र व्यापारिक क्षेत्रमा कोसेढुंगा साबित हुने बताए। विकास र सम्वृद्धिका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको पनि उनले बताए। मेला वैशाख १ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.