सुरक्षा खतराको सामना गर्न सेना सतर्क हुनुपर्छ : प्रधानमन्त्री

सुरक्षा खतराको सामना गर्न सेना सतर्क हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा खतराको सामना गर्न नेपाली सेना सतर्क हुनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाली सेना सहायक सेनानी दर्जा तालिमको आयुक्त पद प्रदान कवाजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकायहरु समेत सदैव सजग र सतर्क हुनुपर्ने बताएका हुन्। 

‘वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेश ज्यादै तरल, जटिल र अन्तर सम्बन्धित छ। अन्तराष्ट्रिय आतंकवाद, जातिय तथा धार्मिक अतिवाद, आन्तरिक द्वन्द्व तथा विद्रोह आजका ठूला सुरक्षा खतराहरु हुन्’ प्रधानमन्त्री ओलीले भने,‘तसर्थ, देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना सदैव सजग र सतर्क रहन जरुरी छ।’

नेपाली सेनाले विभिन्न राज्यहरुमा खण्डित भू-भागलाई एकीकरण गरी एकीकृत नेपाल निर्माण गरेको समेत प्रधानमन्त्री ओलीले प्रस्ट पारे। ‘नेपाल राष्ट्रको इतिहास र एकीकरण नेपाली सेनासँग अन्योन्याश्रित रुपमा जोडिएको छ’ उनले भने,‘तत्पश्चात् राष्ट्रिय एकीकरणबाटै स्थापित नेपाली सेनाले विभिन्न कालखण्डमा नेपाल आमाको अस्तित्वमाथि धावा बोल्ने बैरीका विरुद्ध ज्यानको परवाह नगरी नेपालको रक्षा गरेको प्रसंग तपाईहरु माझ सगर्व स्मरण गर्न चाहन्छु।’

प्रधानमन्त्रीसेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको समेत ओलीले बताए। ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनतासँग काँधमा काँध मिलाउदै नेपाल राष्ट्र र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ’ उनले भने।

हेर्नुस्, प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ :

नव आयुक्त अधिकृतहरु,     

१.    सर्वप्रथम, आयुक्त पद प्राप्त गर्नुभएका, परेडमा सहभागी, तपाईहरुलाई  २४ महिनाको कठिन अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु । तपाईहरुले भर्खर मात्र प्रदर्शन गर्नुभएको शानदार तथा जोशिलो परेड अवलोकन गर्दा तपाईहरुले सम्पन्न गरेको उत्कृष्ट तालिमको परिचय दिन्छ । तालिमको दौरान तपाईहरुले देखाउनु भएको सहनशीलता, कठिन परिश्रम र दृढताको म  प्रशंसा गर्न चाहन्छु ।

२.    तपाईहरु नेपाली सेनाको सहायक सेनानी दर्जामा आयुक्त हुदै गर्दा विश्वभरीका उत्कृष्ट एकहजार विश्वविद्यालयहरु मध्ये एक त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहमा समेत दिक्षित हुनुभएकोमा यी दुवै सफलताको लागि बधाई दिन चाहन्छु । यसै अवसरमा नेपाली सेनामा प्रवेश गरी राष्ट्र सेवामा लाग्न प्रेरित गर्ने तपाईहरुका अभिभावक र आफन्तहरु प्रति समेत हार्दिक आभार व्यक्त गर्दछु । 

नव आयुक्त अधिकृतहरु,

३.    नेपाल राष्ट्रको ईतिहास र एकीकरण नेपाली सेनासंग अन्योन्याश्रित रुपमा जोडिएको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकिकरण अभियानबाट तत्कालिन नेपाली सेनाले विभिन्न राज्यहरुमा खण्डित भूभागलाई एकीकरण गरी एकीकृत नेपाल निर्माण गरेको हो । तत्पश्चात् राष्ट्रिय एकीकरणबाटै स्थापित नेपाली सेनाले विभिन्न कालखण्डमा नेपाल आमाको अस्तित्वमाथि धावा बोल्ने बैरीका विरुद्ध ज्यानको परवाह नगरी नेपालको रक्षा गरेको प्रसंग तपाईहरु माझ सगर्व स्मरण गर्न चाहन्छु । यसैगरी, संसारभर “वीर गोर्खाली” को देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो। यसरी नेपाली सेनाले नेपालको गौरवपूर्ण  ईतिहासको निर्माण  र परम्पराको विकास गर्ने कार्य समेत गर्दै आईरहेको यथार्थलाई मनन् गर्दै आगामी दिनमा तपाईहरुले पनि यस कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

४.    राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको छ । नेपाली सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफुलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ । आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनतासंग काँधमा काँध मिलाउदै नेपाल राष्ट्र र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ । यसै गरी देश बाहिर पनि नेपाली शान्ति सैनिकहरुले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा सिद्धार्थ गौतम बुद्धको दुतका रुपमा खटिई विश्व शान्ति स्थापनामा पु¥याएको योगदानले नेपाललाई “शान्ति सैनिकहरुको देश“ को रुपमा समेत विश्व सामु चिनाएको छ । 
यस प्रकार नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न सक्षम एक बहुआयामिक संगठनको रुपमा विकसित भएको छ । नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास, यस संगठनको ईतिहास र कार्य सम्पादनमा स्पष्ट झल्किने गरेको छ । 

नव आयुक्त अधिकृतहरु,

५.    अब म तपाईहरुलाई देशको विद्यमान वस्तुस्थितीबारे केही कुराहरु बताउन चाहन्छु । लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको अवस्थामा आइपुगेको छ । यही स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था  र तीब्र विकासको बाटोबाट “समृद्ध नेपाल, सुखी नेपाली“ को राष्ट्रिय आकाँक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ । विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ । वर्तमान अन्तराष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेश ज्यादै तरल, जटिल र अन्तर सम्बन्धित छ । अन्तराष्ट्रिय आतंकवाद, जातिय तथा धार्मिक अतिवाद, आन्तरिक द्वन्द्व तथा विद्रोह आजका ठुला सुरक्षा खतराहरु हुन् । तसर्थ, देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासंग सम्बद्ध सुरक्षा निकायहरु समेत सदैव सजग र सतर्क एवं आपसी समन्वयमा रहन नितान्त जरुरी छ ।

६.    देश र जनताको सुरक्षा मामिलामा संभावित खतराहरुको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतिहरुको सहि आंकलन गरी जटिल सुरक्षा खतराहरुबाट नेपाललाई सुरक्षित राख्न सक्ने नेतृत्ववर्ग आजको आवश्यकता हो । हामीसंग व्यवसायीक नेपाली सेना रहेको छ, जो अन्य देशका आधुनिक सेनाहरुसंग मिलेर काम गर्न सक्षम छ तर, हाम्रो सेनालाई २१ औं शताब्दिको आधुनिक सेनाको रुपमा विकास गर्दै लैजान पनि त्यतिकै जरुरी छ । हामी, क्षेत्रीय र अन्तराष्ट्रिय शान्ति र सुव्यवस्थाका निम्ति स्वतन्त्र ढंगले समर्पित छौं । हाम्रो तटस्थ  स्वतन्त्र नीति र शान्तिको पक्षधरता उत्तिकै अविचल छन् । हामी कतै ढल्कने वा कुनै सैन्य छाता भित्र ओत लाग्दैनौं । संयुक्त राष्ट्रसंघको साझा विश्व आकास सबैको साझा ओत हो । तद्नुरुप नै हामी आफूलाई सवल र सक्षम बनाउँछौं । तद्नुरुप नै हामी, नेपाली सेनालाई आधुनिक साधन श्रोतले सुसज्जित गर्न आवश्यक ठान्दछौं । 
७.    यस सैनिक प्रतिष्ठानले यस्ता बहुआयामिक जिम्मेवारीहरु वहन गर्न सक्ने सक्षम, सवल र योग्य नेतृत्व उत्पादनका लागि दिएको योगदान प्रशंसनीय छ । 

नव आयुक्त अधिकृतहरु,
८.    अब,    तपाईहरुको कांधमा आफ्ना मातहतका जवानहरुलाई नेतृत्व प्रदान गर्ने गर्विलो जिम्मेवारी थपिएको छ । ठुलो उत्साह र अपेक्षाबीच नयां जिम्मेवारी सम्हाल्न जांदै गर्दा तपाईहरुले आ आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीको गम्भिर्यतालाई मनन् गर्नुहुने छ भन्नेमा विश्वस्त छु । कमाण्डरको रुपमा अब तपाईहरुले विभिन्न क्षेत्र, पृष्ठभूमि, आस्था र सरोकार बोकेका महिला तथा पुरुष जवानहरुको नेतृत्व गर्नु हुनेछ । आफ्नो यो महत्वपूर्ण दायित्व निर्वाह गर्दै तपाईहरुले बलियो, एकिकृत र सक्षम टिम निर्माण गर्न सफल हुनु हुनेछ भन्ने विश्वास समेत मैले लिएको छु । तपाईहरुले आफु मातहतका जवानहरुको व्यवसायीक क्षमता विकास गर्दै नयां उचाईमा पु¥याउनु हुनेछ, साथै उनीहरुको कल्याणकारी कार्य र सुरक्षामा समेत सदैव सचेत रहनु नै हुनेछ । मुख्य रुपमा हाम्रो देश नेपाल, नेपाली नागरिक र हाम्रा मौलिक जीवन पद्धतिको रक्षा गर्न तपाईहरुले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राष्ट्रवासीले लिएका छन् । साथै, तपाईहरुले आफ्नो सैनिक जिम्मेवारीहरु सैनिक आचरण, चेन अफ कमाण्ड र अनुशासनलाई हृदयंगम गर्दै आफ्नो दायित्व प्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रहनु हुनेछ भन्नेमा समेत म पूर्ण विश्वस्त छु ।    

९.    यसका साथै हरेक क्षेत्रमा भईरहेको सूचना प्रविधिको विकास र प्रयोग तथा राष्ट्र नै सूचना प्रविधिमा तिब्र गतिमा अगाडि बढिरहेको विद्यमान अवस्थामा नेपाली सेनाले पनि आधुनिकीकरण तर्फ आफ्नो पहलकदमीको शुरुवात गरिसकेको मैले पाएको छु । ¨लेस पेपर¨को सिद्धान्तलाई अवलम्वन गर्दै नेपाली सेनाले डिजिटाइजेशनको अवधारणा अवलम्वन गरिसकेको अवस्थामा तपाईहरु पनि सूचना प्रविधिसंग अभ्यस्त भई आइटी मैत्री वातावरणमा कार्य गर्न तयार हुनुहुन्छ भन्ने विश्वास लिएको छु । 
नव आयुक्त अधिकृतहरु,
१०.    आधुनिक र प्रविधिमैत्रि सेनामा कार्यरत रहि विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम युवा अधिकृतको रुपमा आजैबाट नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त हुनु भएका नवआयुक्त अधिकृतहरुलाई पुनः एकपटक बधाई दिंदै तपाईहरुको उज्ज्वल भविष्य र सफलताको पनि कामना गर्दछु । साथै, तपाईहरुको जोशिलो कवाजका दौरान देखिएको दृढता, आत्मविश्वास र गौरव तपाईहरुले आफ्नो भावी जिम्मेवारीहरु वहन गर्ने शिलशिलामा निरन्तर प्रदर्शन गर्नुहुनेछ भन्ने मेरो विश्वास पनि यहाँ राख्न चाहन्छु ।


११.    तपाईहरुले आज प्राप्त गर्नुभएको आयुक्त पद राष्ट्रले तपाईहरु माथि गरेको विश्वास हो । त्यसैले हाम्रो राष्ट्रिय झण्डा निरन्तर उचो राख्नुहोस् । म तपाईहरुको नेतृत्वको अबको यात्रा पूर्ण सफल रहोस भन्ने कामना गर्दछु ।
१२.    यसका साथै, मित्रराष्ट्र केन्या र माल्दिभ्सका एक÷एक जना अधिकृत क्याडेटहरु यो परेडमा सहभागी हुनु भएकोमा मलाई खुसी लागेको छ । विगत सात बर्षमा यस प्रतिष्ठानबाट विभिन्न मित्रराष्ट्रहरुका १३ जना विदेशी अधिकृतहरु दिक्षित गर्न सकेकोमा हामीलाई गौरव लागेको छ । आज आयुक्त पद प्राप्त गर्ने मित्रराष्ट्र केन्या र माल्दिभ्सका नवआयुक्त अधिकृतलाई म केही कुरा भन्न चाहन्छु ।

13. To the newly commissioned officers on parade, from Kenya and Maldives,

14. I would like to congratulate Lieutenant Julius Tumanka Leken -h'lno; t'dfª\sf n]s]g_ and Lieutenant Hisaan Areesh -lx;fg cl/z_ for your successful completion of very demanding Officer's Cadet Course, and commissioning into the Kenyan Defense Forces and  Maldives National Defense Force respectively. This is a proud moment for you, your families and your countries. I wish you a successful military career. The valuable friendships forged during your time here reflect the warm relation and cooperation between our countries.

As the world becomes more interconnected and interdependent, these bonds help us to tackle the complex threats that affect many countries. Here, I urge you to continue your friendship that you have built up in Nepali Military Academy during this tenure. Many Congratulations & safe journey back home.

१५.    अन्त्यमा, नेपाली सेनाका लागि आवश्यक चरित्रवान, कर्तव्यनिष्ठ र सक्षम अधिकृत उत्पादन गर्दै आएको यस प्रतिष्ठानका शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्यदर्जा शिक्षकहरु साथै शैक्षिक अध्यापनमा निरन्तर योगदान पु¥याउंदै आउनु भएका डिन एवं प्राध्यापक वर्गलाई यहाँहरुको महत्वपूर्ण योगदानको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । 
नजिकै आएको नयाँ बर्ष २०७६ को उपलक्ष्यमा उपस्थित सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.