संचारकर्मीलाई तनाव व्यवस्थापन सम्बन्धी एकदिने प्रशिक्षण
काठमाडौं : नेपाली वैज्ञानिक कपिल पौडेलले संचारकर्मीलाई तनाव व्यवस्थापन सम्बन्धी एकदिने प्रशिक्षण दिएका छन्। नेपाल पत्रकार महासंघको सभाहलमा उनले बुधबार तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका हुन्।
पौडेलले सफलताको रहस्य, माइन्ड पावर, सब कन्सस माइन्ड (अवचेतन मन), मानव शक्तिको पराकाष्ठा लगायतका विषयमा जानकारी दिए। असंभव भन्ने केही नहुने बताउँदै संभव बनाउन र सफल हुन अवचेतन मनको योजना बनाउनुपर्नेमा जोड दिए।
यसका लागि हिलिङ पावर, सब कन्सस माइन्ड प्रोग्रामिङ, डिफ्राग्मेन्ट, अनलक द माइन्ड पावर र मिडब्रेन एक्टिभेसन जस्ता कार्यक्रममा सहभागी भई अभ्यास गर्नुपर्ने समेत उनले जानकारी दिए। ‘जीवनमा रोग, चिन्ता, भय, गरिबी आदिको साधारण जीवन र स्वस्थ्य, सुखी, इज्जत, समृद्धि आदिको खुसी जीवन हुन्छ, रोज्ने काम व्यक्तिमा भर पर्छ’ उनले भने।
मानिसले आफ्नो शक्ति नचिन्दा दुःख पाएको र अवचेतन मन जागृत गरे सुपर कम्प्युटरभन्दा मानिसकै दिमाग बढी तेज हुने उनको भनाइ छ।