'हृदयभरि'मा भित्रिए रेखा र श्रद्धा
काठमाडौं : नेपाली रजतपटमा नयाँ युवतीको प्रवेश हुने क्रम बढेको छ । एकपछि अर्को नयाँ फिल्ममार्फत युवतीहरू फिल्म उद्योगमा डेब्यु गरिरहेको छन् । यही क्रममा निर्देशक सुरज सुब्बा नाल्बोले श्रद्धा क्षेत्री र रेखा लिम्बू नामक दुई युवतीलाई आफ्नो नयाँ फिल्म हृदयभरिमार्फत ग्ल्यामर उद्योगमा भित्र्याएका छन् ।
गत पुसमा नै गरिएको फिल्म हृदयभरीको छायाँकन सुरु भएको छ । राजधानीबाट फिल्मको छायाँकन सुरु भएको हो । कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको ब्युटी प्याजेन्टको दृश्यबाट डेब्यु गर्ललाई क्यामेरा फेस गराइएको हो । फिल्म काठमाडौं, धरान र विदेशमा खिचिने निर्देशक नाल्बोले बताए । उनकै लेखनमा तयार हुने फिल्ममा पल शाह, नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कँुबर, निर्मल शर्मा, सलोन बस्नेत, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दीपक गजमेर, प्रेम श्रेष्ठ, हटिनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।
फिल्मलाई एन फिल्मस् एन्ड क्रिएसन, शाह प्रोडक्सन प्रालि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईले निर्माण गर्दैछन् । फिल्म भाद्र २७ मा रिलिज हुनेछ ।
नाल्बोले भन, ‘यो फिल्मले सोसल इस्यु उठाएको छ । फिल्मको सुटिङ ४५ दिनमा सकिने छ । फिल्मको लगभग दृश्यको छायाँकन काठमाडौं र गीतको छायाँकन धरान र विदेशमा हुनेछ ।’