सुजुकी गाडीको बिक्रेता सीजी मोटोकर्पको नयाँ शोरुम धोबिघाटमा
ललितपुर : सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ शोरुमको स्थापना गरेको छ। स्टेट अफ द आर्टको रुपमा धोबिघाटमा बिहीबार सुजुकीको नयाँ शोरूम स्थापना गरिएको हो।
कम्पनीको आधिकारिक शोरुमका रुपमा नयाँ शोरूमको उद्घाटन शशांक श्रीवास्तव, कार्यकारी निर्देशक, मारुती सुजुकी इंडिया प्राईभेट लिमिटेड र अरुण चौधरी, सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकद्वारा गरे। उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधीहरु, पत्रकारहरुका साथै स्थानीय व्यक्तित्वहरुको पनि सहभागीता रहेको थियो।
'वे अफ लाइफ’लाई आधार बनाएर डीजाइन गरिएको सुजुकीको यस नयाँ शोरुमले ब्रान्डका अत्यावश्यक कारकहरू जस्तै उत्पादन, डिजाइन र खरीददारहरूलाई प्रोत्साहन जस्ता सामग्रीहरू समावेश गरेको छ। कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस स्टेट अफ द आर्ट शोरूमले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्नेछ।
व्यापार यूनिटका प्रमुख, सिरज पन्तका भने,'ग्राहकहरु शोरुममा गाडी किन्नका लागि मात्र नभई उनीहरु एक उत्साह खोज्न आउँछन्, जुन अरु कहीं पनि पाउन सक्दैनन्। यस नयाँ सुजुकी शोरुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साह प्रदान गर्नेछ।’ सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ । कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेटको दावी गरेको छ।