प्रधानमन्त्री भन्छन्-'आवश्यक परे पेट्रोल उत्खनन गर्छाैं'

प्रधानमन्त्री भन्छन्-'आवश्यक परे पेट्रोल उत्खनन गर्छाैं'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता परे पेट्रोल उत्खनन गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पेट्रोल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेको बताएका हुन्। 

‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’ उनले भने। खनिज, स्रोत, उर्वर भूमि, वनस्पति, जैविक क्षेत्रमा प्रशस्त संभावना भएकाले हरेक क्षेत्रमा नयाँ ढंगले उद्योग खोल्नुपर्ने उनले बताए।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई विद्युतीय गाडी कारखाना खोल्न आग्रह गरे। ‘इलेक्ट्रीक भेइकल गाडी फ्याक्ट्री खोल्नुहोस्, सरकारले सहयोग गर्छ’ उनले भने। नयाँ प्रविधि, नयाँ प्रणाली र नयाँ सोचबाट उत्पादन गर्दै देशलाई संमृद्विमा लैजाने ओलीले बताए।

‘विकासका लागि अनुकुल वातावरण बनेको छ,’उनले भने,‘छोटो समयमा चमत्कारिक विकास गर्न सक्छौं।’ सात सय ६१ ओटै सरकार योजनाबद्व सक्रिय भएर निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ। विदेशी मित्रहरुसँग सहकार्य गरी विकासमा तीवर्ता दिने ओलीले बताए। कृषि, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा सरकारले दुर्तगतिमा काम अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ। 

संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच केही अस्पष्ट भएको उनले बताए। करको विषयमा नमिलेका र अस्पष्ट रहेकाले छिट्टै समाधान गर्ने उनको भनाइ छ। 
प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा देशको विकास अघि बढाइने बताए। उनले पीपीपी मोडेलमा काम गर्न सरकार आतुर भएको भन्दै निजीक्षेत्रलाई हातेमालो गर्न आग्रह गरे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.