आईएमएफले समग्र वित्तीय नीतिको निगरानी गर्ने

आईएमएफले समग्र वित्तीय नीतिको निगरानी गर्ने

अमेरिका (वासिंगटन डीसी) : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टिन लगार्डले व्यापार एकीकरणको विश्वव्यापी अभ्यासमा विचलन आउनु दुःखद् भन्दै त्यसको समाधानका लागि आग्रह गरेकी छिन्।

व्यापार एकीकरणबाट विश्वले आर्थिक वृद्धि, नवप्रवर्तन तथा कम आय हुने देशमा जीवन निर्वाह लागत घटेर समावेशी र समान विकासका अवसर सिर्जना भएको उनले बताइन्। समयअनुसार व्यापार नीति तथा सम्झौतामा पुनरवलोकलनको आवश्यकता भए पनि यसभन्दा बाहिर सोच्न नसकिने उनको भनाइ थियो। जारी व्यापार तनाव तथा सार्वजनिक ऋण व्यवस्थापनको चुनौतीले विश्व अर्थतन्त्रको विस्तार सन् २०१९ मा सुस्त भई ३.३ प्रतिशतमा सीमित हुने अनुमान आईएमएफको छ।

आईएमएफ र विश्व बैंक समूहका सदस्य १८९ राष्ट्र सामेल हुने संयुक्त बैठकको प्रारम्भमा लगार्डले आगामी दिनमा बहुपक्षीय साझेदारीलाई अझै मजबुत बनाउन अत्यन्त जरुरी रहेको उल्लेख गरिन्। आईएमएफले समग्र आर्थिक क्षेत्र, बाह्य क्षेत्र, वित्तीय क्षेत्रको स्थायित्वमा जोड दिएको छ। बजेटको प्रभावकारी कार्यान्वयनलाई आईएमएफको सन् २०१९ को ग्लोबल पोलिसी एजेन्डाले विशेष जोड दिएको छ।

सार्वजनिक खर्च प्रणालीमा सुधारमार्फत हरेक देशले विकासमा लगानी गर्न समयमापेक्ष राजस्व नीति र राजस्व प्रणालीमा सुधार तथा सार्वजनिक ऋण व्यवस्थापनमा सुधार ल्याउन आग्रह गरिएको छ। यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१९ को विश्वव्यापी नीतिगत एजेन्डा (ग्लोबल पोलिसी एजेन्डा), २०१९ लाई अद्यावधिक गरेको छ। जसमा, साझा चुनौतीको सामना गर्न विश्वव्यापी साझेदारीलाई अझै सशक्त बनाउने उल्लेख छ।

‘सबै राष्ट्रले सामूहिक रूपमा नियममा आबद्ध खुला, स्थिर र पारदर्शी बहुपक्षीय व्यापार प्रणाली अपनाउनुपर्छ’, आईएमएफको ग्लोबल पोलिसी एजेन्डा, २०१९ मा उल्लेख छ। आईएमएफले विश्व बैंकसँग मिलेर सार्वजनिक ऋणको जोखिममा रहेकाका लागि सार्वजनिक ऋण व्यवस्थापनको दिगोपनाका लागि फ्रेमवर्क तयार गर्ने तथा त्यसको तथ्यांक र विश्लेषणमार्फत सहयोग गर्नेछ। यसका अतिरिक्त सार्वजनिक ऋणको पारदर्शिता, ऋण व्यवस्थापनका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने विवेकपूर्ण ऋण लगानी र सापटीलाई प्रोत्साहन गर्नेछ।

चिनियाँ ऋणबारे

विश्वव्यापी रूपमा बढ्दो चिनियाँ ऋणका सम्बन्धमा आईएमएफले ऋणदाता र ऋणग्राहीले जी २० देशले स्वीकृत गरेको सिद्धान्तका आधारमा पारदर्शिता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय चीनले धेरै देशमा ऋण लगानी गरेको छ। यसको अपारदर्शितालाई लिएर आलोचनासमेत हुने गरेको छ। ‘पेरिस क्लब भनिने ऋणदाता देशको समूहबाहिरको ऋणको विषय अहिले विश्वव्यापी मुद्दा बनेको छ’, आईएमएफकी प्रबन्ध निर्देशक लगार्डले भनिन्, ‘यसले ऋणदाता र ऋणग्राहीबीचको सम्बन्धमा जटिलता थपेको छ।’

अब समग्र आर्थिक, वित्तीय नीति र कार्यान्वयनको निगरानी

आईएमएफले यसअघि बाह्य क्षेत्र स्थायित्व र मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्वको निगरानीमा केन्द्र्रित हुँदै आएको भए पनि अब भने बृहत् आर्थिक नीति र कार्यान्वयनको निगरानी गर्ने जनाएको छ। आईएमएफकी प्रबन्ध निर्देशक लगार्डले राष्ट्रहरूसँग भएको सम्पूर्ण क्षमताको उपयोगमार्फत सार्वजनिक सेवा प्रवाहमा अभिवृद्धिमा जोड दिने बताइन्। ‘अहिले हामीले आर्टिकल फोरमार्फत द्विपक्षीय निगरानी गर्दै आएका छौं। यसमा बृहत् आर्थिक स्थायित्व, वित्तीय तथा मौद्रिक नीति तथा बजारको सामथ्र्य सबैमा निगरानी गरिनेछ।’ सम्बन्धित निकायकको क्षमता विकासमार्फत सेवा प्रवाह र जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धिका लागि उच्चतम उपयोग गर्न चाहेको उनले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.