सुदूरपश्चिममा 'बिसु' को रौनक, नयाँ वर्षमा घर फर्कनेको घुइँचो

सुदूरपश्चिममा 'बिसु' को रौनक, नयाँ वर्षमा घर फर्कनेको घुइँचो

बैतडी : बैतडीको पुरचौंडी नगरपालिका हाटका नवराज जोशी झुलाघाट पुल तरेर नेपाल आउँदै थिए। उनी भारतमा मजदुरी गरेर नयाँ वर्ष अर्थात् बिसु मनाउन घर फर्कका हुन्। उनी निकै खुसी मुद्रामा देखिन्थे। उनले भने,'बिसु हाम्रो मौलिक पर्व हो।बिसुका लागि घर आउन हुटहुटी लागेपछि भारतको पिथौरागढमा ६ महिना काम गरेर घर फर्केको हुँ। घर आउन पाउँदा निकै खुसी लागेको छ।'

पुरचौंडीकै बहादुर धानुक पनि पिठ्युमा सामान बोकर पुल तर्दै थिए। नयाँ वर्ष अर्थात् बिसु मनाउन घर आउन पाउँदा उनी पनि खुसी देखिन्थे।उनले भने, 'बिसु बिगडे वर्ष बिगडन्छ।त्यसैले म बिसुका लागि घर आएको हुँ। घरपरिवारसँग बसेर चाडपर्व मनाउन पाउँदा निकै रमाइलो हुन्छ।'

बझाङ मष्टाका गोरखबहादुर बोहरा पनि नयाँ वर्ष मनाउन घर आएका छन्।उनले नयाँ वर्ष मनाउन आफू घर फर्केको बताए।उनी अब मकै छरेर मात्रै भारत जाने सोचमा छन्।

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हिजोआज बिसु मनाउनका लागि घर फर्कनेको घुइँचो लागेको छ। दैनिक ३/४ सय  जना झुलाघाट नाका भएर आउने गरेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष जयसिंह भाटले बताए। 

उनले भने, 'नयाँ वर्षका लागि घर फर्कनेको घुँइचो लागेको छ। भारतका विभिन्न सहरमा रोजगारीका लागि पसेकाहरु नयाँ वर्षमा घर फर्कने गर्दछन्।' बिसुलाई महत्वपूर्ण पर्वका रुपमा मनाइने भएकाले विभिन्न कामले घर बाहिर रहेकाहरु घर फर्कने गरेको स्थानीय संस्कृतिका जानकार देवदत्त भट्टले बताए।उनले भने, 'बिसु हाम्रो मौलिक पर्व हो।नयाँ वर्षको सुरुवातमा गाउँघरमा देवीदेवताको पूजाआजा पनि गरिन्छ। त्यसैले घर बाहिर रहेकाहरु बिसुका लागि घर फर्कने गर्दछन्।'

बिसु पर्व नजिक आएपछि युवाविहीन बनेका बैतडीका गाउँमा चहलपहल बढेको छ। रोजगारीका लागि भारत पसेकाहरु गाउँ फर्केपछि गाउँमा निकै चहलपहल बढेको सुर्नया ६ का लवदेव अवस्थीले बताए। उनले भने, 'पहिला गाउँमा युवाहरु नै थिएनन्। अहिले बिसुका लागि युवा गाउँ फर्केपछि निकै चहलपहल बढेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.