नेपालगन्जको ओम प्लाइउडमा आगलागी,  ६ करोडको क्षति

नेपालगन्जको ओम प्लाइउडमा आगलागी,  ६ करोडको क्षति

नेपालगन्ज : बाँकेको ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार नेपालगञ्ज–१३ गंगापुरस्थित उद्योगमा बिहान ४ बजेतिर विद्युत सट भइ आगलागी भएको हो ।

आगलागीबाट करिव ६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रमुख पौडेलले बताए ।उनले भने, ‘मुख्य त मेसिनमा नै क्षति भएको देखिन्छ । प्राविधिक मूल्यांकन भएपछि मात्र क्षतिको यकीन विवरण आउन सक्छ ।’

आगलागीबाट २ वटा मेसिन र कच्चा पदार्थमा क्षति पुगेको छ । प्रहरी, सशस्त्र प्रहरी स्थानीय तथा नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.