बसमा कार ठोक्किएर दुर्घटना, ३ जनाको मृत्यु

बसमा कार ठोक्किएर दुर्घटना, ३ जनाको मृत्यु

इटहरी : शुक्रबार राति ११:३० बजे इटहरीस्थति तरहराको पानीपियामा कार दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको ज्यान गएको धरान प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिएका छन्।

प्रहरीकाअनुसार ज्यान गुमाउनेमा धनकुटा महालक्ष्मी नगरपालिकाका २७ वर्षीय जनक बुढाथोकी, इटहरी ४ का अनिल श्रेष्ठ र ठेगाना नखुलेका मदन लिम्बु रहेका छन्। चालक मोरङ सुन्दर हरैचाका अन्दाजी ४५ वर्षीय गोविन्द बस्नेतको विराटनगरको न्यूरो अस्पतालमा भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ। 

धरानबाट इटहरी आउँदै गरेको बा २० च् ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई  ओभरटेक गर्ने क्रममा खनारबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा कार अनियन्त्रितय  भइ ठोकिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ट्याक्टरमा सवार ३ र बसमा सवार ४ यात्रुहरूसमेत घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.