यूएईविरुद्ध हरि र भीमको अर्धशतक २४८ रनको लक्ष्य

यूएईविरुद्ध हरि र भीमको अर्धशतक २४८ रनको लक्ष्य

क्यालालम्पुर  : मलेसियामा जारी यू–१९ विश्वकप छनोट एसिया अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाललेअहिले यूएईको सामना गरिरहेको छ । नेपाली  यू–१९ टोलीले यूएईसामु २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाई २४७ रन बनाएको हो ।  नेपालका लागि हरिबहादुर चौहान र भीम सार्कीले अर्धशतक प्रहार गरे । भने चौहान  ७४ बलमा ६७ रन बनाई अभिजित रहे।  सार्कीले ५४ बलमा ४ चौका र २ छक्का सहित ५३ रन बनाए  । 

त्यसपछि नेपालका लागि ओपनर रित गौतमले ४४  रन, आशिफ शेखले २७ रन कप्तान रोहितकुमार पौडेलले  १८ रनको योगदान गरे । यूएईका रिशभ मुखर्जीले नेपालको ४ विकेट लिए भने मोहमद फाराजुद्धिनले ३ विकेट लिए। 

२२ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपाली युवा टोलीले ६९ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुम्दा नेपालको स्कोर ११५ रन हुँदा ५ विकेट गुमेको थियो । हरिबहादुर र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरी २०७ रनको अवस्थामा पुर्‍याएपछि नेपालले राम्रो स्कोर बनाउन सकेको हो। 

प्रतियोगितामा पहिलो खेलमा नेपालले  शुक्रबार सिंगापुरलाई  २१७ रनको विशाल अन्तरले  हराएको थियो । यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र  यूएई सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.