झापामा बोलेरोको ठक्करबाट १ को मृत्यु, ११ घाइते

झापामा बोलेरोको ठक्करबाट १ को मृत्यु, ११ घाइते

बिर्तामोड : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर स्थित कालीझोडामा बोलेरो जीपको ठक्करबाट एक जनाको मृत्यू भएको छ भने एघार जना घाइते भएका छन्। 

शुक्रबार राती करिब ८ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा पहिचान नखुलेका करिब ७५ वर्षीय पुरुष पैदलयात्री लाई ठक्कर दिएको थियो। 
ठक्कर दिँदै अनियन्त्रित बनेको उक्त बोलेरोले सोही दिशातर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको अर्को बोलेरो जीपलाई पछाडिबाट ठक्कर दिँदा मे १ ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

ठक्कर दिएर घाइते भएका पहिचान नखुलेका पैदल यात्रीको भने उपचारकै क्रममा मृत्यू भएको र अन्य घाइतेको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। 

दुबै सवारी साधन र मे १ ज १२०९ नम्बरको जीप चालक शिवसताक्षी नगरपालिका १ का युवराज शंकरलाई नियन्त्रणमा राखेको उनले बताए। मे १ ज २८११ नम्बरका बोलेरो चालक फरार भएकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.