आदित्यको प्रतिभा विज्ञानलाई चुनौती : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन्।
बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ पुस्तकको अंग्रजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले ‘स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको’ बताए।
‘ज्ञान प्राप्त गर्न स्रोत अनिवार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘आदित्यमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो।‘
प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपोभूमि र ज्ञान भूमि भएकोले आदित्य जस्ता प्रतिभावानहरूको यहाँ जन्म भएको बताए। प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरूलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरे।
बालगुरु आदित्य आफ्नी आमासँग। फोटोः दिपेन श्रेष्ठ/अन्नपूर्ण
आदित्यबारेको अंग्रेजी पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा। फोटोः दिपेन श्रेष्ठ/अन्नपूर्ण