विप्लवका दुई कार्यकर्ता झापामा पक्राउ
बिर्तामोड : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य सहित दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका–११ का जीतमान राई ‘मौसम’ र इलामकै कुशल पन्धाक छन् । मौसम मेची ब्युरो सदस्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति उनीहरुलाई विशेष सुराकीको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस !
१