पर्यटकीय गन्तव्य बन्दै नुवाकोट : होटेलमा मात्रै ३ अर्ब लगानी

पर्यटकीय गन्तव्य बन्दै नुवाकोट : होटेलमा मात्रै ३ अर्ब लगानी

नुवाकोट : पछिल्लो समय नुवाकोटमा होटेल क्षेत्रमा लगानी बढिरहेको पाइएको छ। व्यापारिक गतिविधि बढेको र सडक सन्जाल थपिएको कारण होटेलमा व्यवसायमा आकर्षण बढिरहेको हो। 

विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिकामा रहेका होटेलमा मात्रै तीन अर्ब रुपैया लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ। नुवाकोटमा पाँच वर्षदेखि होटेलमा लगानी गर्ने क्रममा बढेको संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए। 

नेपाल–चीन प्रवेशको लागि हाल संचालनमा रहेको रसुवागढी नाका आधिकारिक रुपमा संचालनमा आएपछि होटेल व्यवसायमा लगानी गर्नेहरु बढिरहेको कार्कीले बताए। नुवाकोटमा कुनै स्टार होटेल नभएपनि खोलिएका होटेलहरुमा आवश्यकता अनुसारको सेवा, सुविधा उपलब्ध भएको समेत उनले बताए। 

काठमाडौंसँगै रसुवा, धादिङ, चितवन, सिन्धुपाल्चोक, गोरखावाट समेत पर्यटकहरु नुवाकोट घुम्न आएर होटेलमा बस्ने गरेका छन्। रसुवागढी नाका सन्चालनमा आएसँगै नुवाकोट प्रवेश गर्नका लागि तीनवटा सडक मार्ग रहेका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढिरहेको र होटेल व्यवसायमा लगानीकर्ता बढिरहेको उद्योग वाणिज्य संघ नुवाकोटका प्रवक्ता सवीन राजभण्डारीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.