आईपीएल : बैंग्लोरको पहिलो जित, १ रनले शतकबाट चुके गेल

आईपीएल : बैंग्लोरको पहिलो जित, १ रनले शतकबाट चुके गेल

पञ्जाब  : इन्डियन प्रिमियर लिग( आईपीएल)को यस सिजनमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेजर्स बैंग्लोरले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा किंग्स ११ पञ्जाबलाई ८ विकेटले हराउँदै सातौं खेलमा बैंग्लोरले पहिलो जित हात पारेको हो । 

मोहली क्रिकेट मैदान पञ्चाबमा भएको खेलमा बैंग्लोरले टस जितेर पहिले बलिङ राोजेको थियो । पहिले ब्याटिङको निमता पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो । १७४ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । बैंग्लोरेको जितका लागि विराट कोहली, एबी डे भिलियर्स र मार्कुस स्टोनिसको विषेश योगदान रह्यो । कोहली ६७ रन बनाएर आउट भए भने डे भिलियर्स ३८ बलमा ५९ रन र स्टोनिस १६ बलमा २८ रन बनाई नट आउट रहे । 

पञ्जाबका लागि भने आक्रामक ब्याट्सम्यान क्रिस गेलले एकल प्रदर्शन गरे । उनले ६४ बलमा १० चौका र ५ छक्कासहति ९९ रन बनाए । आईपीएलमा सातौं शतक बनाउनबाट उनी एक रनले चुके । आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने रेकर्ड गेलकै नाममा छ । 

जितपछि पनि तालिकाको पुच्छारमा रहेको बैंग्लोरले अंकविहीन अवस्थालाई भने टुंग्याएको छ । ८ खेल खेल्दा ४ मा जित र ४ मा हार व्यहोरेका पञ्जाब ८  अंकसहित ५औं  स्थानमा छ । 

शनिबार नै भएको आईपीएलको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हरायो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.