लुक्लामा समीट एयरको विमान दुर्घटना

लुक्लामा समीट एयरको विमान दुर्घटना

काठमाडौं : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्लाबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  ९ एन एमएच कलसाइनको  विमान  दुर्घटनामा परेको हो । उड्ने क्रममा  धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका  को-पाइलट सुजित ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् ।  समीट एयरकै अर्का  कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ । 

 विमानको ठक्करबाट मनाङ एयर र श्री एयर  हेलिकोप्टरमा क्षति पुगेको छ । मनाङ एयरका पाइलट टीबी गुरुङ घाइते भएका  छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.