वन्यजन्तु संरक्षण अभियान
पोखरा : २४ औं विश्व वन्यजन्तु दिवसको अवसरमा पोखरामा आइतबार वन्य जन्तु संरक्षण नाटक प्रस्तुत गरिएको छ । पोखराको फेवाताल किनार हल्लनचोकमा वन्यजन्तु संरक्षणका लागि वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले जनचेतना मुलक सडक नाटक प्रर्दशनी गरेका हुन् ।
संकटमा परेका हिउँ चितुवा, चितुवा, बाघ, गैडालगायतका जंगली जनावर चराचुरुङ्गीको संरक्षण गरेर पर्यावरणीय सन्तुलन कायम गर्न संरक्षण नाटक प्रस्तुत गरिएको कार्यक्रमका संयोजक मिलन बरालले बताए । स
वन विज्ञान अध्ययन संस्थान स्ववियु कार्यवाहक सभापति श्रद्धा गुरुङले वन्य जन्तु संरक्षणमा सबैको हातेमालो गर्नु पर्नेमा जोड दिइन् ।