भारतको लोकसभा चुनावमा नेपाल-भारत नाका बन्द

भारतको लोकसभा चुनावमा नेपाल-भारत नाका बन्द

बिर्तामोड : नेपालको पूर्वी नाका काँकरभिट्टा मंगलबार साँझ ६ बजेदेखि ४८ घण्टाका लागि बन्द गरिएको छ ।

भारतको सिमावर्ती क्षेत्रमा लोकसभा निर्वाचन हुने भएकाले काँकरभिट्टा लगायत सिमावर्ती इलाकामा नाका बन्द गरिएको हो ।

लोकसभा निर्वाचनमा मतदान हुनुभन्दा ४८ घण्टाअघि नेपाल–भारत सिमाना बन्द गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी महेश थापाले जानकारी दिए ।

अप्रिल १८ तारिख अर्थात् बैशाख ५ गते भारतको पश्चिम बंगाल स्थित नेपालसँग सिमाना जोडिएका पानीट्याङ्की, नक्सलबारी लगायत क्षेत्रमा लोकसभा सदस्य निर्वाचनको मतदान हुने भएकाले निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर भारतीय पक्षले मंगलबार साँझ ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि सीमा नाका बन्द गर्ने मौखिक जानकारी गराइसकेको र पत्र आउने प्रक्रियामा रहेको डिएसपी थापाले बताए ।

सीमा नाका बन्द भएको अवस्थामा कुनै पनि सवारी साधन र मानिस ओहोर दोहोर गर्न नपाइने प्रहरीले जनाएको छ । नेपाल वा भारतमा निर्वाचनका बेला मतदानको दिनभन्दा ४८ घण्टा अगाडि बिगतदेखि नै सीमा नाका बन्द गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.