पइचिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम

पइचिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम

चिनियाँ र नेपाली व्यवसायी उपस्थित रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट श्रद्धा श्रेष्ठले नेपालको परिचयात्मक जानकारी दिएकी थिइन्।


पइचिङ : नेपालको ट्राभल र टुर एजेन्ट्स संघ (नाटा) ले चाइना सेल्स मिसन २०१९ अन्तर्गत बुधबारदेखि पइचिङ (बेइजिङ) स्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ। नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच अन्तर्क्रिया गर्ने उद्देश्यले आयोजित नेपाल नाइट कार्यक्रम २०१९ नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नाटाले संयुक्त रूपमा आयोजना गरेको हो।

चिनियाँ र नेपाली व्यवसायी गरी एक सयभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट श्रद्धा श्रेष्ठले नेपालको पर्यटन सम्बन्धमा परिचयात्मक जानकारी दिएकी थिइन्। त्यसै गरी नाटाका चीन संयोजक सुदर्शन नेपालले चिनियाँ पर्यटन व्यवसायीमाझ नेपाली पर्यटन बजार सम्बन्धमा चर्चा गरेका थिए। नाटाले चाइना सेल्स मिसन २०१९ को रूपमा अप्रिल १६ देखि २४ सम्म पइचिङलगायत चीनका चार विभिन्न सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्दै छ।

यसअघि स्वागत मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पछिल्लो समय नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको बताए। उनले नेपाल चिनियाँ पर्यटकका लागि उत्तम गन्तव्य भएको उल्लेख गरे।

कार्यक्रममा उपस्थित चिनियाँ ट्राभल एजेन्ट्स र व्यवसायीलाई नेपालमा भिसा शुल्क नलाग्ने उल्लेख गर्दै गौतम बुद्धको जन्मस्थल भ्रमण गराउन पहल गर्न उनले अनुरोध गरे। साथै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि चिनियाँ पर्यटक नै प्रमुख आधार हुने मन्तव्यको क्रममा उनले बताएका थिए। कार्यक्रममा चीनमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए।

यसै गरी अप्रिल १५ देखि १७ सम्म पइचिङमा १५औं चीन आउटबाउन्ड टुरिजम तथा ट्राभल मार्केट फेयर भएको छ। नेपालको तर्फबाट नेपाल पर्यटन बोर्डसहित विभिन्न निजी पर्यटन संस्था सहभागी छन्। यो फेयर पर्यटन व्यवसायीका लागि चिनियाँ बजार र पर्यटक तान्ने राम्रो स्रोत तथा अवसर हो।

यसलाई पर्यटन उद्योगको सबैभन्दा महत्वपूर्ण मञ्चका साथै व्यवसायीबीच बीटूबी कार्यक्रमका लागि राम्रो मानिन्छ जुन आउटबाउन्ड बजार अर्थात् चिनियाँ पर्यटकलाई विदेश भ्रमण गराउने विषयमा केन्द्रित छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.