गण्डकी प्रदेशमाथि आर्मीको ८ गोल
तौलिहवा : ८औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलतर्फ शुक्रबार बिहान भएको आर्मीले क्लब विजयी भएको छ । कपिलवस्तुको बुद्ध रंगशालामा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ८–० ले पराजित गर्दै विजयी यात्रा जारी राखेको हो ।
खेलको पहिलो हाफमा दुई गोलले अग्रता बनाएको आर्मीले दोस्रो हाफको खेलमा गोलको वर्षा ग¥यो । खेलको ५औं मिनेटमा कृष्णा खत्रीले पहिलो गोल गरी आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । यस्तै खेलको १५औं मिनेटमा विमला चौधरीले दोस्रो गोल गरिन्।
यस्तै दोस्रो हाफको क्रमशः ५६औं र ७४औं मिनेटमा सपना लामाले दुई गोल गरिन् । यस्तै इन्दिरा राईले ६०औं मिनेटमा गोल गरिन । पहिलो हाफमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएकी कृष्णा खत्रीले दोस्रो हाफको ७३औं, ८० औं मिनेट र अतिरिक्त समयमा गोल गरिन खत्रीले प्रदेश नं. १ काविरुद्ध ४ गोल गर्न सफल भइन् । खत्रीले बेस्ट प्लेयर अवार्डको उपाधि पनि प्राप्त गरिन । खत्री क्लबको कप्तान पनि हुन् ।
बिहीबार बिहान भएको खेलमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि११–० गोल जित निकालेको थियो । प्रदेश नं. १ यस अघिको खेलमा एपीएफसाग ६–० ले पराजित भएको थियो ।