गाउँपालिकाको बस विवाहमा प्रयोग

गाउँपालिकाको बस विवाहमा प्रयोग

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाद्वारा सञ्चालिन सार्वजनिक बस विवाहमा प्रयोग भइरहेको छ। 

विशेषगरी गाउँपालिकाका स्थानीयबासीको सहजताका लागि पूर्वीचौकी गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको बस बुधबारदेखि जन्ती बोक्दै आएको पाइएको हो।

गाउँपालिकाको बस विवाहमा प्रयोग भएपछि स्थानीय यात्रुले गुनासो गर्न थालेका छन्। बुधबार पूर्वीचौकी गाउँपालिकाको खिर्सेनबाट दिपायल सिलगढी नगरपालिका २ दिपायलमा आएको विवाहमा प्रयोग भएको बस बिहीबार जन्ती लगेर फर्केको थियो। 

शुक्रबार पनि उक्त गाउँपालिकाको बस सोही गाउँपालिकाबाट जन्ती बोकेर डडेलधुरा जिल्लाको कोराल खोलामा विवाहको ब्यानरसहित गएको हो। 

तीन दिनदेखि लगातार विवाहमा प्रयोग हुँदै आएको गाउँपालिकाको बस शुक्रबार नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका दिनमा समेत विवाहका जन्ती बोक्दै गरेको अवस्था भेटिएको थियो। 

स्थानीय यात्रुको सहजताका लागि ल्याइएको बस गाउँपालिकाले विवाहमा प्रयोग गर्न थालेपछि आफुहरुले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ। सेवामुलक बस मुनाफा मुलक बनाएर सञ्चाल गर्नु नहुने स्थानीयको भनाइ छ। 

गाउँपालिकाको बस संचालन कार्यविधिमा समेत गाउँपालिकाद्वारा सञ्चालित बस कुनै पनि प्रयोजनका लागि भाडामा दिने उल्लेख नभएको वडा नम्बर २ बगलेकका वडाध्यक्ष योगेन्द्र ठकुल्लाले आफूलाई जानकारी नगराई विवाहमा प्रयोग गरेको बताए। 

उता गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले यसरी बस प्रयोग प्रयोग गर्न मिल्ने तर्क गरे। उनले कार्यविधिमा विवाह ब्रतबन्धका लागि प्रयोग गर्न मिल्ने उल्लेख भएको बताए। 

बस सञ्चालन समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष अंकबहादुर खड्काले बस विवाहमा प्रयोग भएको छ भन्ने कुरा अरुबाट जानकारी पाएको बताए। 

‘बस जुन उद्देश्यले ल्याइएको थियो त्यसै अनुसार प्रयोग गर्नु पर्ने हो’, यातायात व्यवस्था सेवा कार्यालय राजपुरका प्रमुख ध्रुब दयालले भने,‘नम्बर प्लेट सार्वजनिक गाडीको भए पनि गाउँपालिका आफैँमा सरकार हो। यो कुरा गाउँपालिकाले बुझ्नुपर्छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.