प्रदेश सरकारद्वारा हुरी पीडितलाई रकम वितरण सुरु

प्रदेश सरकारद्वारा हुरी पीडितलाई रकम वितरण सुरु

बारा : चैत १७ गतेको विनाशकारी हावाहुरीमा परि ज्यान गुमाएका बारा र पर्साका मृतकका परिवारलाई प्रदेश सरकारले राहत रकम वितरण सुरु गरेको छ ।

चैत १७ गतेको हुरीमा परि बाराका २७ जना र पर्साका एकजना गरि २८ जनाको मृत्यु भएको थियो । विनाशकारी हुरी आएको भोलिपल्टै प्रदेश सरकारले मृतकका परिवारलाई राहत वापत जनही तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार प्रदेश सरकारले मृतकका परिवारलाई शुक्रबारदेखि रकम वितरण गर्न थालेको हो ।

बाराको कलैयामास्थित जिल्ला समन्वय समितिको सभाकक्षमा शुक्रबार आयोजित श्रद्धान्जली तथा राहत राशी वितरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले १३ जना मृतकका परिवारका सदस्यलाई राहत वापत जनही तीन लाख रुपैयाँ र क्रियाखर्च वापत २५ हजार गरि तीन लाख २५ हजार रुपैयाँको चेक प्रदान गरेका हुन् ।

मृतकका परिवारका सदस्यहरु महम्मद रसुल मिया अन्सारी, लालवचन प्रसाद, जगदीश यादव, बृजाराज महरा चमार, कलवाती देवी तत्वा, रामबाबु प्रसाद, भीम दास तत्मा, बृजित राउत कुर्मी, रामसुरत दास तत्मा, मन्जुर आलम मिया, फैजुल हक मिया, फिरोज मिया अन्सारीलाई शुक्रबार राउतले रकम वापत चेक दिएका हुन् ।

शुक्रबार १३ जना मात्र मृतकका परिवारलाई चेक प्रदान गरिएको बताइएको छ । प्रदेश २ को अर्थमन्त्रालयका सचिव राजेश काफ्लेका अनुसार २० जनाको मात्र कागजपत्र आइसकेको थियो । तर १३ जना मात्र कार्यक्रममा आएका थिए ।

बाँकी पीडितलाई कागजपत्र आएलगत्तै प्रदेश २ को मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयले उनीहरुलाई पनि राहत रकमको चेक प्रदान गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.