हिरासतमा बालक मृत्यु प्रकरण : छानबिन समिति अमान्य !

हिरासतमा बालक मृत्यु प्रकरण : छानबिन समिति अमान्य !

बिर्तामोड : झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत भेटिएका बालकको विषयमा सञ्चारमाध्यममा गलत विवरण दिने डीएसपीकै नेतृत्वमा छानबिन समिति बनेको छ। प्रहरीले शुक्रबार यस्तो छानबिन समिति बनाएपछि अधिकारकर्मीले आपत्ती जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा इन्स्पेक्टर केशव अधिकारी र असई नवराज थापा सदस्य छन्।

डीएसपी श्रेष्ठ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता पनि हुन्। घटनापछि प्रहरीले एकद्धार निति भन्दै घटनाका विषयमा श्रेष्ठबाट मात्रै जानकारी दिने गरेको छ। अधिकारकर्मी, जनप्रतिनिधि वा अन्य सम्बन्धित व्यक्ति बिना बनाइएको छानबिन समितिले तयार पारेको प्रतिबेदन मान्य नहुने मानवअधिकारकर्मीको भनाइ छ। ‘प्रहरीकै मिलेमतोमा घटना लुकाउने प्रयास भएको छ’, दलित अधिकारकर्मी टिका मग्रातीले प्रश्न गरे, ‘यस्तो समितिले तयार पारेको प्रतिबेदन कसरी मान्य हुन्छ ? ’ समितिलाई सात दिनभित्र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

मानवअधिकारकर्मीसहित छानबिन समिति बनाउनुपर्ने र त्यसअघि घटना भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्कालाई तत्काल निलम्बन गर्नुपर्ने अधिकारकर्मीको माग छ। ‘प्रहरीले घटनामा संलग्न डीएसपी खड्कालाई नै अनुसन्धानमा तान्नुपर्ने हो। तर अहिलेसम्म प्रमुख नै बनाएर राख्नुले घटना रहस्यमय बनाएको छ’, मानव अधिकारकर्मी बिष्णु खरेलले भने। डीएसपी खड्कालाई इलाकामै राखेर घटनाको प्रमाण मेटाउन प्रहरीले नै समय दिएको उनको आरोप छ।

प्रहरी प्रवक्ता डीएसपी श्रेष्ठले १५ वर्षीय किरण कार्की डोली दर्जी १९ वर्षीय भारतीय नागरिक भएको र उनले थुनुवा कोठामा आत्महत्या गरेको सूचना ४ वैशाखमा दिएका थिए। जबकी, प्रहरीले दर्जीको शव २ वैशाखमा परिवारलाई जबरजस्ती बुझाएकै दिन उनी नेपाली नागरिक भएको र १५ वर्ष पूरा भएको खुलिसकेको थियो।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति बनाएको हो। यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय झापाले घटना लुकाउन प्रयास गरेको थियो। यता बालकलाई हिरासतमा राख्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खड्काले पनि आफूलाई अनुकुल हुने गरी छानबिन समिति बनाएका छन्। आफू मातहतका इन्स्पेक्टर श्रीप्रसाद राईको संयोजकत्वमा सई डिल्लीकुमार खरेल र असई भीमबहादुर श्रेष्ठ सदस्य रहने गरी समिति बनाएका हुन्। ‘समितिले मलाई नै प्रतिबेदन बुझाउँछ’, डिएसपी खड्काले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.