बैतडी साक्षर जिल्ला घोषित

बैतडी साक्षर जिल्ला घोषित

बैतडी : बैतडी साक्षर जिल्ला घोषणा भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरेका हुन्।

जिल्लामा १५ देखि ५९ वर्षसम्मका नागरिकमध्ये ९६.९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। उनले भने, 'हामीले अनौपचारिक शिक्षा अन्तर्गत विभिन्न कक्षाहरु सञ्चालन गरेर साक्षरता अभियान सञ्चालन गरेका थियौं। सोही अभियानको फलस्वरुप बैतडी साक्षर जिल्ला घोषणा भएको छ। घोषणा गरेको कार्यक्रमलाई निरन्तरता दिनका लागि सबैले सहयोग गर्नुपर्दछ।'

बैतडी देशको ४९ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको औंल्याए । उनले भने, 'सीपयुक्त शिक्षा भएमात्रै बेरोजगारी समस्या हल हुन्छ। सरकार प्राविधिक शिक्षामा सबैको पहुँच पुर्‍याउनका लागि पहल गरिरहेको छ।'

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागि परेको मन्त्री पोखरेलले बताए। जिल्लालाई साक्षर घोषणा गर्नुअघि १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो।

प्रत्येक स्थानीय तहबाट तथ्यांक संकलन गरेर साक्षर घोषणाका मापदण्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। उनले भने, 'हामीले स्थानीय तहबाटै साक्षरताका सूचक पूरा गरेर जिल्लालाई साक्षर घोषणा गरेका छौं। यो जिल्लाकै लागि गौरवको विषय हो। सबैको शिक्षामा पहुँच पुर्याउन पनि यो घोषणाले सहयोग गर्दछ।'

बैतडी जिल्ला साक्षर घोषणा कार्यक्रममा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, क्षेत्र नं ख का प्रदेशसभा सदस्य लीलाधर भट्ट लगायतको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.