स्थानीयले नै बनाइदिए असाहाय देवीमायालाई पक्‍की घर

स्थानीयले नै बनाइदिए असाहाय देवीमायालाई पक्‍की घर

बिर्तामोड : छोरी जन्माएको पाँच दिनमा श्रीमान गुमाएर असाहाय बनेकी मेचीनगर नगरपालिका-१० झापाकी देवीमाया मेचेलाई स्थानीयले सहयोग जुटाएर पक्‍की घर निर्माण गरिदिएका छन्। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेचीनगर-९ मा खरिद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको कम्पाउण्डसहितको चारकोठे पक्की भवन बनाइएको हो।६ लाख २० हजारको लागतमा उक्त चार कोठे घर निर्माण भएको घर निर्माण समितिका सचिव टिकाराम मग्रातीले बताए। 

देवीमाया शारीरिक रुपमा असक्त छिन्। उनको एउटा हात बिहेअघिनै करेन्ट लाग्दा काटेर फालेको थियो।धुलाबारीको एक मारवाडीको घरमा घरेलु कामदारका रुपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लागेर दाहिने हात गुमाएकी मेचे देब्रे हातको सहारामा बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुनेलगायत सबै काम एउटै हातले गर्छिन्।

एक हात गुमाएकी मेचेको विवाह पछि पनि दोस्रो छोरी जन्माएको पाँच दिनमानै श्रीमानको मृत्यु भएको थियो। मेचेले मेचीनगर क्षेत्रमा निर्माणको कामदारका रुपमा काम गर्ने स्थानीय कृष्ण घिमिरेसँग विवाह गरेकी थिइन्। उनी श्रीमानसँगै मेचिनगरस्थित एक घरमा कोठा भाँडामा बस्दै आएकी थिइन्।

दोस्रो छोरी जन्मिएको पाँच दिनमा गत कार्तिकमा उनका श्रीमानको अकस्मात मृत्यु भएपछि उनी बेसाहारा बनेकी थिइन् । श्रीमानको मृत्युपछि उनका परिवारबारे बेखबर छन्। उनले भनिन्, 'पहिले घर मेचीनगरमा नै रे अहिले भारततिरै बस्नुहुन्छ परिवार भन्ने सुनेकी छु अरु केही थाहा छैन।'

देवीको बिहे दर्ता र बच्चाको जन्मदर्ता समेत नभएका कारण स्थानीय तहले समेत सहयोग नगरेपछि गत मंसिरदेखि स्थानीय नागरिक नै मेचेको लागि सहयोग जुटाउने अभियान सुरु गरेका थिए।

अहिले देश-विदेशमा बस्ने तेपालीले सहयोग गरेपछि घर ठडिएको छ। उक्त घरमा भान्छाका सबै सामान, काठको पलङ, भाँडाकुँडा, सौर्य उपकरण, बिजुली पङ्खा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको छ भने शौचालय, धारा लगायतको व्यवस्था गरिएको छ।

देशविदेशका नेपालीबाट स्वस्फूर्तः जुटेको सहयोगबाट घर निर्माण गर्नाका साथै आगामी दिनमा देवीमायाको जीवन निर्वाहका लागि ५ लाख रुपैयाँ कोषमा राखिदिने योजना बनाइएको सहयोग अभियानका संयोजक विजय डालमियाले बताए।

घर निर्माण सम्पन्न गरी सोमबार एक कार्यक्रमका बिच मेचेलाई घर हस्तान्तरण गरिएको छ। विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमाया हर्सित छिन्। गृहप्रवेश कार्यक्रममा बोल्दै जग्गादाता शर्माले देवीको घर, घरमात्र नभएर मन्दिर बनेजस्तो अनुभूति भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.