मनमोहन कार्डियोथोरासिकमा पुनः डा. श्रेष्ठ
![मनमोहन कार्डियोथोरासिकमा पुनः डा. श्रेष्ठ](https://annapurnapost.prixacdn.net/media/albums/Dr-uttamkrishna-shrestha-12345_20190422131548_2zoOV6GJC2.jpg)
काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको कार्यकाल थप गरिएको छ।
एक दशक अघि स्थापना भएको सेन्टरमा डा. श्रेष्ठले चार वर्षे कार्यकाल बिताइसकेका छन्। थप चार वर्षका लागि पुनः जिम्मेवारी थपिएपछि डा. श्रेष्ठले भने,‘ विगतमा जे जति गरियो त्यसको समीक्षा गर्दै थप प्रभावकारी ढंगले अघि बढ्ने चुनौति थपिएको छ।’
कार्यकारी निर्देशक डा. श्रेष्ठले मुटु, रक्तनली र फोक्सोका विरामी बढिरहेकाले आगामी समयमा सेवा विस्तारलाई अघि बढाउने योजना रहेको बताए। गत वर्ष केन्द्रमा आएका विरामीमध्ये दुई हजार ३०० भन्दा बढीको शल्यक्रिया गरिएको थियो।
२०३५ सालमा एलएलसीमा नेपाल प्रथम भएका डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय, चिकित्सा क्याम्पस महाराजगन्जबाट एमबीबीएस र एमएस गरेका थिए।
मलेसिया र इटलिबाट उनले मुटुको सर्जरी विधामै फेलोसिप गरेका डा. श्रेष्ठ भास्कुलर सोसाइटी अफ नेपालका अध्यक्ष समेत हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)