नेकपाका जिल्ला सचिवले गरे पद अस्वीकार

नेकपाका जिल्ला सचिवले गरे पद अस्वीकार

रौतहट : प्रदेश नम्बर- २ अन्तर्गतको रौतहट, सर्लाही र धनुषा जिल्लामा चयन भएका नेकपाका जिल्ला सचिवले पद अश्विकार गरेका छन्। पार्टीको केन्द्रीय सदस्यमा रहेका व्यक्ति जिल्ला सचिवमा रहने कुरा सामान्य विधि प्रक्रिया र मान्यताको हिसाबले अनुपयुक्त भएकाले जिल्ला सचिव पद अश्विकार गरेको सर्लाहीका नेकपाका केन्द्रीय सदस्य डाचा राज वाग्लेले जनाए।

यस्तै, रौतहटका युवराज भट्टराई, धनुषाका श्रवण यादवले पनि पार्टीका अध्यक्षलाई जिल्ला सचिव पद अश्विकार गरेको जानकारी गराएका छन्।उनीहरु तीनैजना नेकपाका केन्द्रीय सदस्य हुन्।

पार्टीको सिङ्गो केन्द्रीय समितिको समेत अपमान हुने भएकाले सचिव पद अश्विकार गरेको उनीहरुको भनाइ छ। आइतबार नेकपाले ८ जना केन्द्रीय समितिमा रहेका व्यक्तिलाई जिल्ला सचिवमा चयन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.