पर्सामा उपमेयरको क्लब

पर्सामा उपमेयरको क्लब

वीरगन्ज : पर्सामा डेपुटी मेयर क्लब गठन गरिएको छ।वीरगन्जमा बिहीबार भेला भएका जिल्लाका १४ वटै स्थानीय तहका उपप्रमुखको भेलाले पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन गरेको हो। 

क्लबको सदस्य सचिवमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारुलाई चयन गरिएको छ।क्लबको सदस्यमा पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरी ,ठोरी गाउँपालिकाकी उपप्रमुख शान्ति थिगं,सखुवा प्रसौनी गाउँपालिकाकी उपप्रमुख फूलमती देवी, बिन्दवासीनी गाउँपालिकाकी उपप्रमुख किरण देवी गुप्ता ,पकाहा मैनपुर गाउँपालिकाकी उपप्रमुख कुसुम देवी ,जगरनाथपुर गाउँपालिकाकी उपप्रमुख बिषमिल्लाह खातुन लगायतका छन्।

क्लबको सल्लाहकारमा बीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की र जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने रहेका छन्।

युएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमअन्र्तगत दीगो विकासका लागि युवाको सकारात्मक सहभागिता परियोजना अन्र्तगत समाज विकास समन्वय समितिले आयोजना गरेको भेलाले क्लब गठन गरेको हो। 

भेलामा उपप्रमुखले पालिकाले सम्पादन गर्ने काममा देखिएका समस्या र आफूहरुले भोगेका समस्या तथा हाँसिल गरेका अनुभवको आदान प्रदान गरेका थिए। उनीहरुले आउने दिनमा जनताको अपेक्षा र चाहनालाई पूरा गर्नका लागि क्लबमार्फत पनि काम गर्ने प्रतिवद्धता समेत जनाएका थिए। 

न्यायिक समितिमार्फत न्याय सम्पादन गर्दै आएका उपप्रमुखले न्याय सम्पादनलाई प्रभावकारी बनाउन कलबमार्फत अनुभव आदान प्रदान हुने विश्वास व्यक्त गरेका छन्।

भेलामा समाज विकास समन्वय समितिका कार्यक्रम प्रमुख जय नारायण चौधरीले क्लबको गठन र त्यसको अवश्यकताका विषयमा प्रकाश पारेका थिए।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर- २ का उपाध्यक्ष केसी लामिछानेले संगठनको आवश्यकताको सन्र्दभ, न्यायिक अधिकार तथा क्लब पदाधिकारी तथा सदस्यले पालना गर्नुपर्ने आचार संहिताका विषयमा जानकारी गराएका थिए। क्लबले बिहीबार नै आफनो कार्ययोजना समेत निर्माण गरेको अध्यक्ष खातुनले जानकारी गराइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.