बीआरआईको विशेष सम्बोधन सकियो, राष्ट्रपति भण्डारीको सम्बोधन दोस्रो सत्रमा

बीआरआईको विशेष सम्बोधन सकियो, राष्ट्रपति भण्डारीको सम्बोधन दोस्रो सत्रमा

बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)को दोस्रो अन्तराष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएकी छिन्।बेइजिङमा आयोजित उक्त सम्मेलनको प्रमुख सत्रमा सम्बोधन गर्ने सूचीमा नेपाल थिएन। तर राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसोको उच्चस्तरीय छलफलमा भने सम्बोधन गर्ने कार्यक्रम छ।

विशेष सम्बोधन सत्रमा चिनियाँ राष्ट्रपति सी चिनफिङको साथमा रसियाका राष्ट्रपति भ्यल्दिमिर पुटिन थिए। दक्षिण एसियाबाट सत्रमा सम्बोधन गर्ने अवसर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाए।

मध्यपूर्वी मुलुकबाट मलेसियाका प्रधानमन्त्री मोहम्मद माथिर, अर्का छिमेकी साझेदार काजकिस्तान र दक्षिण अमेरिकी मुलुक चिलीका राष्ट्रपतिले सम्बोधन गरे। राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले पनि सम्बोधन गर्ने अवसर पाए।दक्षिण एसियाको प्रवेशद्वार नेपालले पनि उद्घाटन सत्रमा नै सम्बोधनको अपेक्षा गरेको थियो।

सीले अन्तक्रियाको संकलन, आपसी हितयुक्त साझा विकास नै बेल्ट एण्ड रोड प्रस्तावको संयुक्त निर्माणको लक्ष्य रहेको बताए। सबैको साथमा सहकार्य गरेर समान विकास आफूहरुले लिएको पनि उनले बताए।

अधिकतम मुलुक र अन्तराष्ट्रिय संगठनले चीनसँग बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्ने सहकार्य सम्झौता गरेर अघि बढेकोमा खुशी व्यक्त गरेका थिए।बेल्ट एण्ड रोडको संयुक्त निर्माण प्रस्ताव र संयुक्त राष्ट्र संघ, आशियान, अफ्रिका लीग, युरोप संघ, युरोप-एशिया आर्थिक संघ लगायतले गरेको सहकार्यले विकासको लक्ष्यमा अग्रसरता देखाएको उनले बताए।

बीआरआईले खासगरी भुपरिवेष्ठित मुलुकको सहकार्यमा सहयोग गर्ने महाथिरले बताए। महाथिरले बीआरआईको सहकार्य पछिल्लो अवश्ययकता रहेको पनि स्पष्ट पारे।पुटिनले पनि विश्व आर्थिक विकासमा बीआरआईको भूमिका महत्वपूर्ण रहेको भन्दै यसबाट अधिकतम सहकार्य गरेर सबैले साझा फाइदा लिनुपर्ने बताए।

३७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखमध्ये ६जनाले आफ्नो धारणा राखेको उक्त समारोहको उच्चस्तरीय सेसन सुरु  भएको छ।त्यसमा राष्ट्रपति भण्डारीले पनि बोल्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले शनिबारको गोलमेचमा पनि बोल्ने कार्यक्रम रहेको छ। त्यसपछि अन्य साइडलाइन छलफल पनि उत्तिकै महत्वपूर्ण मानिएको छ।

सम्मेलनमा भाग लिन पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि छुट्टै तवरबाट आएका छन्। तीन मन्त्री पनि सहभागी छन्। सांसद, पत्रकार, बुद्धिजिवीको ठूलै भीड बेइजिङमा छ। खासगरी सम्मेलनभन्दा पनि नेपालले राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीको दुईपक्षीय भेटघाटलाई महत्व दिएको छ।

त्यस भेटमा हुने सहमति र सहकार्यले नेपाललाई के फाइदा हुन्छ भन्ने कुरामा आम चासो रहेको सहभागीहरुले बताएका छन्। यद्यपी नेपालले बीआरआईमा पनि आफ्नो परियोजना र सहकार्यमा जोड दिइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.