कोलिफर्मले झाडापखालाको प्रकोप, उपचार नपाएर १२ वर्षीय बालकको मृत्यु

कोलिफर्मले झाडापखालाको प्रकोप, उपचार नपाएर १२ वर्षीय बालकको मृत्यु

बुटवल : अत्याधिक कोलिफर्म भएको पानी सेवनले गुल्मीको दजाकोटमा झाडावान्ताको महामारी फैलिएको छ। पाँच दिनदेखि फैलिएको झाडापखालाबाट १ सय ८९ जना बिरामी परेका छन्। बिरामी भएका एक १२ वर्षीया बालकको उपचार नपाएर मृत्यु भएको छ।

मुसिकोट नगरपालिका-४ को दजाकोटमा झाडापखाला फैलिएको हो।केही वर्षअघि मात्रै यहाँ आगलागी हुँदा करिब ७० घर जलेर नष्ट भएका थिए।घर पुनर्निमार्णपछि बसाई बसेको सात महिनामै गाउँमा अर्को प्रकोप देखिएको हो।

स्थानीय नुरखोलाबाट ल्याइएको पानीमा रहेको कोलिफर्मले झाडावान्ताको प्रकोप निम्तिएको हो। मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ पाण्डेले पानीकै कारण झाडापखाला देखिएको बताए।'पानी परिक्षणमा कोलिफर्म भेटियो, उनले भने, 'पानीकै कारण यती धेरै सर्बसाधारण बिरामी भए।'

पहिलो दिन १ सय ४ जनामा झाडा देखिएको थियो। पाँचौ दिनसम्म आइपुग्दा समेत प्रकोप रोकिएको छैन। बिरामी परेका १२ वर्षीय रेशम सिंजालीको घरमै मृत्यु भएको छ।उनका परिवारका अन्य तीनजना समेत बिरामी छन्।आइतबार मात्रै थप १२ जना बिरामी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकीमा आएको नगरप्रमुख सापकोटाले बताए। 

नुरखोलाको एक लिटर पानीमा कोलिफर्मको मात्रा १४० एमपिएन भेटिएको छ। जिल्ला अस्पताल गुल्मीका मेडिकल सुपरिटेण्डन डा. उत्तम पच्याका अनुसार कोलिफर्म अत्याधिक भएकै कारण झाडाको प्रकोप देखिएको बताए। पानीमा ३ एमपिएन कोलिफर्म हुनुलाई सामान्य मानिन्छ।'मुहान सुरक्षित नभएकाले पानीमा कोलिफर्म भेटियो, उनले भने, 'अब विस्तारै कोष नियन्त्रण हुँदै गएको छ।' पूर्ण समाधानका लागि भने अझै एक साता लाग्ने उनले अनुमान गरे।

नुरखोलाको पानी जलेका घर पुर्ननिर्माणका लागि ल्याइएको थियो।तर अर्को बैकल्पिक पानीको स्रोत नभएपछि स्थानीयले त्यही पानी खाँदै आएका थिए। नुरखोला मुहानमाथि रहेको अर्को पँधेरा नुहाउने, लुगा धुनमा प्रयोग गरिन्छ।

त्यहीँ पानीकै माध्यमबाट नुरखोला मुहानमा दिसापिसाब मिसिएको हुनसक्ने अनुमान गरिएको छ।बिरामीमध्ये आठजनालाई विभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो।तीमध्ये केही बिरामी उपचारपछि फर्किएका छन्। ९० घरदूरी रहेको गाउँका अधिकांश बिरामी परेका छन्।

बिरामी भएपछि जीविको चलाउन समेत कठिन भएको स्थानीय जनप्रतिनिधि हरि छन्तेलले बताए।गाउँमा खानेपानी पुर्‍याउन नगरपालिकाले योजना निर्माण गरिरहेको छ।

त्यो योजना पूरा नहुँदासम्म अन्य पानीको स्रोत दजाकोटमा छैन।नगरप्रमुख सापकोटाले तत्काल व्यवस्थापनका लागि ट्यांकरबाट पानी पुर्‍याइएको बताए।'दुईमहिनाभित्र अर्को योजना सकिन्छ,' उनले भने, 'अहिले ट्यांकरबाट नै खानेपानी पुराएका छौं।'

संसदमा उपचारको माग
दजाकोटमा फैलिएको झाडा पखालाका बिरामीको तत्काल उपचार माग गर्दै प्रदेश ५ को प्रदेशसभा बैठकमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद दिनेश पन्थीले २१ औं शताब्दीमा पनि स्वस्छ खानेपानी नपाउनु बिडम्बना भएको भन्दै तत्काल बिरामीको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरे।

त्यस्तै अर्का सांसद खड्गबहादुर खत्रीले बिरामीको उपचारमा ध्यान दिन आग्रह गरे। उनले सो क्षेत्रमा स्वस्छ खानेपानी पुराउन समेत सरकारको ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.