एकल महिलाको जग्गा झुक्काएर कब्जा

एकल महिलाको जग्गा झुक्काएर कब्जा

बुटवल : रूपन्देहीको मर्चवारमा जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी गरिएको छ । वडाध्यक्ष ओमप्रकाश पाण्डेले आफ्ना छोरासहित सातजनाको नाममा जग्गा नामसारी गराएका हुन् ।

प्यारालाइसिसले थलिएकी ४९ वर्षीया कलावती हिँडडुल गर्न सक्दिनन् । उनको जग्गा झुक्काएर नामसारी गरिएको छिमेकी हरिप्रसाद बानियाँले बताए । सरकारले उपचारका लागि पैसा दिएको र सो पैसा पाउन सहीछाप गर्नुपर्ने भन्दै राजीनामा गराएको बानियाँले बताए ।

जग्गाको प्रचलित मूल्य ५० लाखभन्दा बढी छ । उक्त जग्गा चैत १४, १५ र १७ गते सातजनाले राजीनामा गराएको भेटिएको छ । त्यसको केही दिनपछि मालपोतबाट जग्गा नामसारी भएको छ ।

वडाध्यक्ष पाण्डेका छोरा राजेशको नाममा ५ कठ्ठा बढी जग्गा दर्ता भएको छ । त्यस्तै वडा कार्यालयका सहायक सचिव रामनाथ यादवकी पत्नी प्रमिला यादवको नाममा समेत पुर्जा बनेको छ । कोटहीमाईकै सूर्यनाथ यादव, हाटिबनगाईका प्रेमकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाका जितबहादुर यादव, कोटहीमाईकै विश्वनाथ पाल, उनकी पत्नी सुहावती पालको नाममा जग्गा सारिएको हो ।

एक वर्षअघि पति हरिप्रसाद पालको मृत्यु भएपछि कमलावतीले नागरिकता बनाएकी थिइन् । विवाह दर्ताका आधारमा नागरिकता बनेपछि उनको नाममा जग्गा सारिएको थियो । उनका छोराछोरी छैनन् । लेखन्दास मनोहर यादवले जग्गा नामसारी नसकिएको भन्दै सहीछाप गराएको कमलावतीलाई उधृत गर्दै स्थानीय सुवास लोनियाले बताए । लोनियाले कमलावतीको रेखदेख गर्दै आएका छन् ।

छोराको नाममा जग्गा दर्ता गरेका वडाध्यक्ष पाण्डेले १० लाख ५० हजार थैली दिएको बताउँदै आएका छन् । उनीहरुले औषधि उपचारका लागि पैसा दिएको र जग्गासमेत पैसा दिएर खरिद गरेको दाबी गरेका छन् । तर कमलावतीले भने कसैबाट पैसा नलिएको बताएकी छन् । वडाध्यक्ष पाण्डे सम्पर्कमा आउन चाहेनन् ।

जग्गा नामसारी भएको पत्तो पाएपछि कमलावतीले तीन दिनअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दिएकी छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले छलफलपछि मात्रै सत्य कुरा बाहिर आउने बताए । ‘प्रारम्भिक जानकारी मात्रै छ’, उनले भने, ‘दुईपक्षीय छलफलका लागि बोलाएका छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.