प्रधानमन्त्रीले गरे पौडेलको बचाउ

प्रधानमन्त्रीले गरे पौडेलको बचाउ

काठमाडौं : प्रधानमन्त्री केपी आलीले नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । शक्ति दुरूपयोग गरेर महासचिवले बालुवाटारमा जग्गा नकिनेको भन्दै प्रधानमन्त्रीले राजाको शासनकालमै पौडेलका छोराको नाममा किनेको जग्गामा विपक्षीहरूले अहिले अनावश्यक भ्रम छरिरहेको दाबी गरेका थिए ।

पार्टी संसदीय दलको बैठकलाई नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्बोधन गर्दै उनले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी सरकारले गरिरहेको बताए । ‘सरकार र पार्टीको बदनाम गराउन बालुवाटार प्रकरण उछालिएको छ,’ उनले भने, ‘सरकारले असल नियतसाथ छानबिन गरेर जग्गा फिर्ता गराउन लागेको छ । राम्रो काम गरेको नदेख्ने पनि बुद्धि हुन्छ ।’

उनले नेपालमा अब हिंसात्मक घटना सैह्य नहुने भन्दै हिंसामा संलग्न हुन खोज्नेलाई नछाडिने चेतावनी पनि दिए । नेत्रविक्रम चन्द नेतृत्वको समूह र प्रतिबन्धको उल्लेख नगरी उनले संकेत भने त्यतै गरेका थिए । उनले आफ्नो सरकार गठनपछि आलु धेरै फलेको र आलु उत्पादन ९ प्रतिशत बढेको तथ्यांक समेत बैठकमा सुनाएका थिए । धान, मकै, गँहु पनि ०७५ सालमा धेरै फलेको उनको भनाइ थियो ।

‘अब फलफूल रोप्ने अभियान चलाउनु पर्छ, आफ्नो जग्गा नभए सार्वजनिक जग्गामा भए पनि लगाउनुहोस्,’ प्रधानमन्त्रीले भने । ०७५ सालमा कुल २३ लाख फलफूलका विरुवा रोपेको उनले तथ्यांक प्रस्तुत गरेका थिए । उनले आगामी ३ वर्षभित्र सबैको घरमा बिजुली पु¥याउन सरकारले काम गरिरहेको बताए । १८ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको तथ्य राख्दै उनले त्यसलाई घटाउन काम गरिरहेको बताए ।

उनले कामको जिम्मा लिने तर समयमा काम नसक्ने ठेकेदारलाई सरकारले नछाडने जिकिर गरे । काठमाडौं उपत्यकाका कतिपय सडकको ठेक्का लिने तर समयमा काम नसक्ने स्थिति अब सरकारलाई सैह्य नहुने प्रधानमन्त्रीको भनाइ थियो । ‘अहिले पनि कतिपय ढिलाढाला गर्दिने । कामको जिम्मा लिने, काम नगर्ने । ठेकदारले नसक्ने गरी अनेक ठेक्का लिने । अनेक ठेक्का लिने र त्यो अपूरो राख्ने । देशको विकास बर्बाद पारेर अनि मोबिलाइजेसनको पैसा लिएर प्लटिङ गर्ने, अरु–अरु काम गर्ने, अरु–अरु धन्दा गरेको देखिएको छ,’ प्रधानमन्त्रीले भने ।

सरकारले अहिले जति भष्टाचारीविरुद्ध कारवाही यसअघि कहिल्यै नगरेको भन्दै सरकारले काम गर्न थाल्यो भनेर केही मान्छे आतंकित भएको उनले बताएका थिए । ‘कतिपयको मुटुमा अहिले ढ्यांग्र्रो ठोकिएको होला, त्यसो भएर पहिल्यैबाट खुट्टा फुत्त झिक्ने प्रयास भएका हुन सक्छन्, म त्यसमा केही भन्न चाहन्नँ अहिले । त्यो समयक्रममा हामी हेर्छौं’, उनले भने, ‘एउटा क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा हामी भ्रष्टाचारको खोजबिन गरेर अनियमितता छानबिन गर्छौं ।’

निर्मला पन्त प्रकरणमा उहिल्यै दोषी पत्ता लाग्ने भए पनि घटनालाई राजनीतिकरण गर्न खोजेकाले पत्ता लाग्न नसकेको उनको भनाइ थियो । उनले सरकार अझै छानबिनको चरणमा रहेकाले दोषीले उन्मुक्ति नपाउने बताए । ‘यो समात्यो, उसलाई समात्यो भनेर राजनीतिकरण भयो । एनजीओकर्मी संलग्न भएर प्रकरण विवादित बनाइयो’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.