तीब्र गतिमा हुँदैछ अरनिको राजमार्ग मर्मत

तीब्र गतिमा हुँदैछ अरनिको राजमार्ग मर्मत

सिन्धुपाल्चोक : २०७२ सालको भूकम्पपछि बन्द तातोपानी नाका जेठको तेस्रो साताबाट सुचारु हुने सहमतिपछि नेपाल–चीन जोड्ने अरनिको राजमार्गको मर्मत तीब्र गतिमा हुन थालेको छ। वर्षा सुरु हुनुअघि नै सम्पन्न गर्ने गरी बनदेउदेखि भोटेकोशी गाउँपालिकाको सिमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत हुन थालेको हो।

सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न पाँच प्याकेजमा तीन महिना भित्र सक्ने गरी टेन्डर गरेर सडक मर्मतको कामलाई तिब्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए। झाका अनुसार राजमार्गको कटानमा परेका विभिन्न भागमा मेशिनरी वाल (सिमेन्टेड पर्खाल) उठाएर  सडकलाई चौडा पारिन लागेको छ। 

वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समस्या देखिएको कोठे र महभिर लगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गर्न लागेको झाले जानकारी दिए। जुरे पहिरो क्षेत्रको सडकलाई नाली र पानी सडक बाहिरैबाट बग्ने प्रविधिबाट आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गरिन लागिएको सडक कार्यालयले जनाएको छ।

पहिरो नियन्त्रणसँगै बिग्रिएको १२ किलोमिटर खण्डको सडक कालोपत्रे  समेत हुन लागेको डिभिजन प्रमुख झा बताउँछन्। करिब ३४ करोडमा पाँच प्याकेजको टेन्डर लागेको झाले जानकारी दिए। 

‘निर्धारित समयमै काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ’, राजमार्गमा अनुगमनका क्रममा भेटिएका झाले भने,‘समयमा सक्नुका साथै कामको गुणस्तरमा पनि कुनै कमी नहोस् भनेर हामीले नियमित अनुगमनको व्यवस्था गरेका छौं।’

नाका सञ्चालनमा ल्याउनका लागि सिमा लिपिङ बजारदेखि सुख्खा बन्दरगाहस्थित लार्चा हुँदै चाकु बजार सम्मको सडक चिन सरकारले निर्माण गरिसकेको छ। सुख्खा बन्दरगाहको काम पनि अन्तिम चरणमा छ। दुई देशलाई जोड्ने मितेरी पुलको काम समेत तीब्र गतिमा भइरहेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.