‘मेयर हिरो, उपमेयर जिरो हुन सक्दैन’

‘मेयर हिरो, उपमेयर जिरो हुन सक्दैन’

गौर : रौतहटका अधिकांश उपमेयरले आफूहरुलाई प्राप्त अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका छन्। रौतहटको गौरमा उपमेयर क्लव रौतहटले शुक्रबार पत्रकार सम्मेलन गरी मेयरले काम गर्ने वातावरण नदिएको आरोप लगाएका हुन्। क्लबकी अध्यक्ष तथा गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले मेयरले आफूहरुलाई कर्मचारीलाईजस्तैे व्यवहार गरेको बताइन्। पत्रकार सम्मेलनमा उनले मेयर हिरो बन्ने र उपमेयर जिरो हुन नसक्ने दावी गरिन्।

कार्यक्रममा सहभागी उपमेयरले मेयरले काम गर्न नदिएकाले पाएको अधिकार प्रयोग हुन नसकेको, कतिपयलाई महिला भनेर हेप्ने गरेको, बहुमतका आधारमा भन्दै उपमेयरलाई बाइपास गर्न खोजिएको गुनासो गरेका छन्। राजदेवी नगरपालिकाकी उपमेयर अशु सिंहले उपमेयरलाई न्यायाधीशको उपाधी दिएको तर न्यायिक समितीको काम गर्ने वातावरण र सुबिधा नदिएको दुखेसो पोखिन्।

उपमेयर कागजी न्यायाधीशमात्रै भएको उनले बताइन्। मेयरले ५० जना कर्मचारी राख्दा उपमेयरलाई एकजना पनि कर्मचारी नदिएको उनको गुनासो छ। जनताले उपमेयरबाट पनि विकासको अपेक्षा गरेको तर बजेट नदिएको दावी गरिन्। ‘मेयरले बजेट प्रयोग गर्न मिल्ने तर उपमेयरले चलाउन किन नमिल्ने ? ’, उनले प्रश्न गरीन्।

पार्टीले अधिकांश महिलालाई उपमेयर पद दिएर बदनाम मात्र गराउन खोजेको हो की भन्ने लागेको उपमेयर सिंहको भनाइ छ। जनताले मेयर उपमेयर दुवैलाई मत दिएर जिताए पनि मेयरले विकासको काममा आफुलाइ पछाडी पारेको यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साहले गुनासो गरिन्। आफुलाई जानकारी नै नभएको योजनाको कागजमा हस्ताक्षर गर्न दवाव दिएको र नगर्ने अडान लिएपछि गालीगलौज समेत गरेको उपाध्यक्ष साहको भनाइ छ।

फतुवा बिजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महत्तोले महिलालाई सहयोग गर्ने कोही नभएको बताइन। मेयरले उपमेयरलाई महिला भएकाले भेदभाव गर्दै आएको आरोप पनि लगाइन्। मेयरको मनोमानीकै कारण कर्मचारी, प्रशासकीय अधिकृतले उपमेयरलाई टेर्न छाडेको बौधीमाइ नगरपालिकाकी उपमेयर प्रेमलता कुश्वाहले बताइन्। मेयरको कुरा कर्मचारी, अधिकृत सबैले मान्ने तर उपमेयरको कुरा कसैले नसुन्ने उनको भनाइ छ। उपमेयरलाई सल्लाहकार, कर्मचारी नदिएकाले काम गर्न पनि नसकेको उपमेयर कुश्वाहको दुखेसो छ।

राज्यले उपमेयरलाई काम गर्न अधिकार दिए पनि स्थानीय तहमा काम गर्न साधन श्रोत र वातावरण नभएको गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवी जयसवालले बताइन। गुजरा नगरपालिकाकी उपमेयर रौशना खातुनले महिला भनेर हो वा के कारणले हो आफूलाई नगरपालिकाको धेरै विषयमा जानकारी नै नदिएको बताइन्। कार्यालयमा कर्मचारी अभाव रहेको र अधिकृत नहुँदा काम अगाडी नबढेको उनले गुनासो गरिन्। ‘काम गर्ने क्षमता भए पनि वातापरण नभएको जिल्लाभरका उपमेयरको साझा समस्या बनेको छ’, गढीमाइ नपाकी उपमेयर सुभद्रा गुप्ताले भनिन्।

योजनाका बारेमा जानकारी नदिने तर हस्ताक्षर गर्न दवाव दिन थालेपछि केही दिनदेखी कार्यालय जानै छाडेको दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष मन्जु देवीले बताइन्। ‘न कर्मचारी दिएको छ, न अन्य सुविधा। टेवल र कुर्सीबाहेक केही छैन। कार्यालयमा काम गर्न समस्या छ’, उनले भनिन्।

कटहरीया नपाकी उपमेयर नुरजाहा खातुनले महिलामाथी भेद्भाव भएको र उपमेयरको अधिकार प्रयोग गर्न बन्चित गराइएको बताइन्। स्थानीय तहका भष्टाचार रोकिनु पर्ने, महिलाको सम्मान हुनुपर्ने, उपमेयर तथा उपाध्यक्षले सहज रुपमा काम गर्न वातावरण सिर्जना गर्नु पर्ने उपमेयर क्लबको माग रहेको क्लबकी अध्यक्ष किरण ठाकुरले बताइन्। कार्यक्रममा १८ स्थानीय तहमध्ये १२ तहका महिला उपमेयर सहभागी थिए। रौतहट १७ स्थानीय तहमा महिला उपमेयर तथा उपाध्यक्ष छन् भने मौलापुर नगरपालिकामा पुरुष उपमेयर छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.