टेबलटेनिसमा अब्बल शुभ श्री

टेबलटेनिसमा अब्बल शुभ श्री

दाङ : आठ वर्षीया शुभ श्री श्रेष्ठको खेलकुद मोह देख्दा जो कोहीलाई पनि खेलप्रति प्रेम बढाउन सक्छ। काठमाडौं लाजिम्पाटकी आठ वर्षीया शुभ श्री श्रेष्ठ सबैभन्दा कम उमेरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी प्रतियोगी हुन्। उनी पुलिस क्लबबाट टेबलटेनिसको दाङमा सञ्चालन भएको राष्ट्रिय प्रतियोगितामा सहभागी थिइन्।

शुभ श्रीकोे सहभागिताले धेरैलाई अचम्मित पनि बनायो। टेबलटेनिस खेलमा अब्बल रहेकी शुभ श्रीले दाङमा भएको आठौं खेलकुद प्रतियोगितामा अब्बलता प्रदर्शन पनि गरिन्। आफू सानो उमेरको भए पनि ठूला उमेरका व्यक्तिसँगको प्रतिस्पर्धा शुभ श्रीका लागि नौलो भने होइन। उनले यसअघि पनि राष्ट्रिय तथा क्षेत्रीय स्तरका विभिन्न प्रतियोगिताहरूमा भाग लिएर आफूभन्दा बढी उमेरकालाई पछि पारिसकेकी छन्।

इच्छा, जागर र मेहनत भए उमेरकै कारणले पछि पर्नुपर्दैन भन्ने कुरालाई समेत शुभ श्रीले स्थापित गराइदिएकी छन्। यो तथ्य शुभ श्रीको आठ वर्षकै उमेरका राष्ट्रिय प्रतियोगिताको सहभागिताले देखाएको छ। युलियन्स स्कुल काठमाडौंमा कक्षा ३ मा पढ्दै गरेकी शुभ श्रीका सपरिवार खेलप्रेमी हुन्। उनका हजुरबुवा, बुवा, फुपू टेबलटेनिसका अन्तराष्ट्रिय खेलाडी हुन्। हजुरबुवा र बुवाको खेल मोहलाई पच्छ्याएकी शुभ श्रीले पनि खेल्न सुरु गरेको दुई वर्षमै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सौभाग्य पाइन्।

खेलमय परिवार भएकाले उनलाई टेबलटेनिस खेलका लागि घरमा पनि वातावरण बनेको छ। ‘प्रायः घरमा दैनिक बेलुका ३÷४ घण्टा अभ्यास गर्छु’ तोतेबोलीमै शुभ श्रीले भनिन्, ‘बाबाले मलाई धेरै सपोर्ट गर्नुभएको छ।’ एक महिना चीनमा बसेर अभ्यास गरेकी शुभ श्रीले विद्यालयमा टेबलटेनिस खेलको वातावरण नभएको गुनासो गरिन्। बिहान स्कुल जाने, २ बजे स्कुलबाट फर्कने र ४ बजेसम्म गृहकार्य गरिसक्ने। शुभ श्रीको यही दैनिकी छ। उनी दैनिक ५ बजेदेखि ८ बजेसम्म टेबलटेनिसको अभ्यास गर्छिन्। अभ्यास र प्रशिक्षणका लागि घरमा दुईजना टेबलटेनिसका प्रशिक्षकको समेत व्यवस्थापन गरिएको छ।

अचम्मको कुरा त के छ भने शुभ श्रीले यस पटकको राष्ट्रिय प्रतियोगितामा हजुरबुवा (बाजे) सँगै प्रतियोगी बनिन्। सबैभन्दा बढी उमेरका ६७ वर्षीय हजुरबुवा गोवद्र्धन श्रेष्ठ पनि प्रतियोगितामा सहभागी हँुदा आफ्नो खेलमा हौसला बढेको सुनाउँदै उनले भनिन्, ‘खेल नै सर्वाेपरि हो भनेर प्रयास गरिरहेकी छु।’ हजुरबुवा गोवद्र्धन श्रेष्ठले नातिनीको खेलप्रेमलाई बुझेर खेलप्रति हौसला प्रदान गरिरहेको बताए। उनले घरमा आफू र शुभ श्रीको बुवा मिलेर ६ वर्षको हुँदादेखि नै उनलाई सिकाइरहेको पनि सुनाए। ‘छोरी र म त अन्तर्राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागी भएका छौं’ श्रेष्ठले भने, ‘अब नातिनीको पनि त्यहीअनुसार विकास हुने गरी खेलप्रति चासो बढेको छ।’ शुभ श्रीले बुवा र बाजेको खेल देखेर आफू पनि टेबलटेनिसमा खेल सिक्न थालेको बताइन्।

१४ वर्ष उमेरसमूहसम्मका प्रतियोगीहरूलाई पछि पारेकी शुभ श्री प्रतियोगिताको सबैभन्दा सानो उमेरकी सहभागी पनि हुन्। शुभ श्री ६ वर्षदेखि नै टेबलटेनिस खेल्दै आएकी छन्। प्रतियोगितामा सबैभन्दा बढी उमेर र कम उमेरका खेलाडी एउटै घरका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.