प्रतिपक्षी सांसद भन्छन्- नीति तथा कार्यक्रम 'झूटको पुलिन्दा'
काठमाडौं : सांसद राजन केसीले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्कय्रमलाई झूटको पुलिन्दा भनेका छन्। कार्यक्रममाथि प्रतिनिधिसभामा भएको छलफला कार्कीले भने- 'यो नीति तथा कार्यक्रम बतासे आश्वासनले भरिएको हावादरी सपनाको थुप्रो हो।'
ठूला कुरा गरेर शब्दजाल भन्दा समृद्धि नआउने भन्दै उनले व्यंग्य गरे। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार' भन्नु अन्यथा नभए पनि त्यसले राष्ट्रपतिलाई विवादित बनाउनेतर्फ सोच्नुपर्ने उनले बताए। 'हाम्रो भन्नु हाम्रो संस्कृति हो', उनले भने।
विभिन्न मुलुकहरू ग्यासदेखि अन्य प्राकृतिक तत्वको विक्रीबाट धनी भएको उदाहरण दिँदै उनले सोधे- हामीले के बेच्दा समृद्धि आउँछ ? भाषणले त समृद्धि आउँदैन नि ? प्रतिपक्षी र सत्तापक्षलाई दोषारोपण गरेर विकास नआउने उनको भनाई छ।