जिरीबाट सुरु भयो हाई अल्टिच्युड अल्ट्रा म्याराथन

जिरीबाट सुरु भयो हाई अल्टिच्युड अल्ट्रा म्याराथन

दोलखा : दोलखाको पर्यटकीय नगरी जिरीबाट ७ दिने हाई अल्टिच्युड अल्ट्रा म्याराथुन सुरु भएको छ। ३ राष्ट्रका ७ धावक सहभागी भएको अल्ट्रा म्याराथन जिरीबाट सुरु भएर सोलुखुम्बुस्थित सगरमाथाको बेसक्याम्प हुँदै लुक्ला फर्किएपछि पुगेपछि अन्त्य हुने भएको हो। 

नेपालको पर्यटनलाई थप टेवा पु¥याउने उद्देश्यका साथ जिरीबाट ७ दिने हाई अल्टिच्युड अल्ट्रा म्याराथुन पहिलोपटक सुरु गरिएको आयोजक गुईविन इन्टरनेशन स्र्पोटर्स क्लब लिमिटेडले  जनाएको छ। प्रतियोगितामा चीनबाट ५ जना, कोरिया र अमेरिकाबाट एक/एक जना धावक सहभागि भएको क्लबका नेपाल प्रमुख निर्देशक डा.निमा न्याम्गेल शेर्पाले जानकारी दिए।

प्रतियोगितामा १५० घण्टामा १३५ माइलको दौड पुरा गर्नु पर्ने नियम बनाइएको प्रमुख निर्देशक डा. शेर्पाले बताए। दौडको क्रममा ५ हजार मिटरभन्दा बढि अल्टिच्युडका ३ ओटा हाईपास पुरा गर्नु पर्नेछ। प्रतियोगिको गोडामा जडान गएिको जिपीएस ट्रयाकिङ डिभाईस मार्फत दौडको अनुगमन गरिने आयोजकले जनायो।

खेलमार्फत पर्यटक भित्र्याउने उद्देश्यका साथ  नेपालमा हाई अल्टिच्युड अल्ट्रा म्याराथनको आयोजना गरेकोे निर्देशक डा. शेर्पाले बताए। हाई अल्टिच्युड अल्ट्रा म्याराथुन प्रतियोगिता करिब ६० लाखको लागतमा आयोजना गरिएको हो। 

पहिलोपटक प्रतियोगिता आयोजना गरिएकोले कुनै पुरस्कार नराखिएको भए पनि विशेष मूल्य पर्ने मायाको चिनो उपलब्ध गराउने योजना रहेको प्रमुख निर्देशक डा. शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.