विप्लवका जिल्ला इञ्‍चार्ज र सेक्रेटरी पक्राउ

विप्लवका जिल्ला इञ्‍चार्ज र सेक्रेटरी पक्राउ

गोरखा : प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरीलाई पक्राऊ गरेको छ। प्रहरी टोलीले जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट आइतबार साँझ छ बजे पक्राउ गरेको हो।

लामो समयदेखि सो क्षेत्रमा बसेको सूचना पाएको आधारमा प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको एसपी रावलले बताए।

‘सो क्षेत्रमा उनीहरू छन् भन्ने बारे सूचना आइरहन्थ्यो’, उनले भने, ‘अनि पटक पटक पक्राउ गर्न जाँदा भागिसकेको हुन्थे। आज बल्ल फेला परे।’ दुवैजनालाई सोही क्षेत्रको  फरक फरक ठाउँबाट नियन्त्रणमा लिइएको उनले बताए।

पक्राउको क्रममा प्रहरी र सेक्रेटरी बीच केहीबेर धकेलाधकेल भएको थियो। सो क्रममा प्रहरी र सेक्रेटरी भट्ट दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४ वटा झोला बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.