११ जनालाई एन्फा अवार्ड

११ जनालाई एन्फा अवार्ड

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘एन्फा दिवस’ को अवसरमा आइतबार विभिन्न विधामा ११ जनालाई अवार्ड प्रदान गरेको छ। एन्फाले २०७५ सालमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, रेफ्री, जिल्ला, क्लब र फुटबलमा योगदान दिने ब्यक्तित्वलाई एन्फा अवार्डबाट पुरस्कृत गरेको हो।

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड महिला टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले पाए। उनकै प्रशिक्षणमा नेपालले घरेलु भूमिमा आयोजना भएको महिला साफ फुटबलमा उपविजेता बनेको थियो। यसैगरी वर्षको उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड भने मोरङ जिल्ला प्राप्त ग¥यो।

वर्ष उत्कृष्ट क्लबको अवार्ड मनाङ मस्र्याङ्दी क्लबले जित्यो। ए डिभिजन लिग विजेता मनाङले अहिले एएफसी कप खेलिरहेको छ। यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्ड भगिरथ आलेलाई प्रदान गरिएको थियो।

विदेशी भूमिमा उत्कृष्ट खेल्ने व्यावसायिक खेलाडीको अवार्ड रोहित चन्द र किरणकुमार चेम्जोङले जिते। राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य दुवैले विदेशी लिगमा खेलिरहेका छन्।

पूर्वकप्तान स्वर्गीय मणि विक्रम शाहको स्मृतिमा उदीयमान पुरुष खेलाडीको अवार्ड अभिषेक रिजालले जिते। मनाङ मर्स्याङ्दीमा आवद्ध रिजालले घरेलु फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। यसैगरी महिलातर्फको उदीयमान खेलाडीको पुरस्कार राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी मन्जलीकुमारी योन्जनले जितिन्।

स्वर्गाीय पूर्व फिफा रेफ्री रुपकराज शर्माको स्मृतिमा उत्कृष्ट रेफ्रीको अवार्ड पुरुषतर्फ लव खत्री र महिलातर्फ अस्मिता मानन्धरले प्राप्त गरिन्। यसैगरी फुटबलमा विशेष योगदान पु¥याउने खेलाडीको अवार्ड जुमानु राई र अनु लामाले प्राप्त गरे।

विशेष अवार्ड विजेता जुमानु र अनुले जनही १५ लाख रुपैयाँ प्राप्त गरे। यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता भगिरथले तीन लाख ५० हजार र अन्य विजेताले एक लाख रुपैयाँ पुरस्कार पाए। विजेतालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतले पुरस्कार प्रदान गरेका थिए।

एन्फाले यस बर्षदेखि बैशाख २२ गतेको दिनलाई एन्फा दिवसको रुपमा मनाउन सुरु गरेको हो। एन्फाले कर्माछिरिङ शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको २०७५ साल बैशाख २२ गतेको दिनलाई हरेक वर्ष एन्फा दिवस मनाउने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.