कार्ल मार्क्स जन्म जयन्ती मनाउन १ लाख ८१ हजार

कार्ल मार्क्स जन्म जयन्ती मनाउन १ लाख ८१ हजार

काठमाडौं : कार्ल मार्क्सको २०१ कौं जन्म जयन्ती मनाउन आयोजकले १ लाख ८१ हजार रुपैयाँ खर्च गरेका छन्। विभिन्न संघ सस्था र व्यक्तिबाट सहयोग लिएर कार्यक्रम गरेको आयोजकले बताएका छन्। 

कार्यक्रम आइतबार  काठमाडौंको प्रज्ञा भवनमा नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता, नेकपा वरिष्ठ नेता झलनाथ खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। 

कार्यक्रमका संयोजक तथा नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेलले कार्यक्रममा भएको आम्दानी र खर्चको फेहरिस्त सार्वजनिक गरेका छन्।

उनका अनुसार कार्यक्रममा १ लाख ८१ हजार ८ सय ५० रुपैयाँ खर्च भएको थियो। कार्यक्रममा २ लाख रुपैयाँ विभिन्न व्यक्तिहरुले सहयोग गरेको र अब बाँकी १८ हजार १ सय ५० रुपैयाँ वचत भएको डा. पौडेलले बताएका छन्। 

‘जिम्मा पाएका हरेक क्षेत्रमा स्पट अडिटलाई कडाइपूर्वक लागू गर्दै आएको छु,’ संयोजक पौडेलले भने, ‘समय अभावका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम चलिरहेकै बेला हिसाब–किताब सार्वजनिक गर्न सकिएन, यसैलाई ‘स्पट अडिट’ मानिदिनुहुन अनुरोध छ।’ पौडेलले कार्यक्रमको आम्दानी र खर्च विवरण सार्वजनिक गर्दै भनेका छन्। 

क –कसले कति दिए सहयोग ?

कार्ल मार्क्स जन्म जयन्ती कार्यक्रम मनाउनका लागि आयोजकलाई नन्दलाल वन्जाडे सहितको इन्जियिनर समुहले ३० हजार, लंकबहादुर केसी र गम्भिरलाल श्रेष्ठले जनही १०, १० हजार, मदन आचार्य, धनराज आचार्यले २० हजार, गम्भिरमान तण्डुकारले ५ हजार, आर अर्यालले १० हजार, पुष्पज्योति ढुंगानाले २० हजार, वाई वी राईले १० हजार, मनमोहन क्रिक्रेट सेन्टर (मार्फत ठाकुर गैरे) १५ हजार, वी एन पोखरेलले २० हजार, चित्रगुप्ता सावाँले १० हजार, नेपाल निर्माण व्यवसायी संगठनले १५ हजार, रमेश सिलवालले १० हजार र डा. विजय पौडेलले १५ हजार रुपैयाँ सहयोग गरेका छन्। 

कुल २ लाख सहयोग प्राप्त भएको आयोजकले वक्तव्यमार्फत सार्वजनिक गरेका छन्। 
जसमध्ये १ लाख ८१ हजार ८५० रुपैयाँ खर्च भएको पनि आयोजकले जनाएका छन्। जसअनुसार, हल भाडा १ लाख, ब्यानर, पोष्टर, फेलेक्समा १३ हजार, इन्धन खर्चमा ३ हजार, हलमा पिउने पानीका लागि ८ सय ५०, स्वयमसेवक खाजा, परिचयपत्र कार्डका लागि २ हजार, प्रत्यक्ष प्रशारण खर्च ६० हजार र विधि खर्च ३ हजार भएको जनाएको छ। 

आम्दानीबाट खर्च कटाएर रु १८ हजार १ सय ५० रुपैयाँ वचत भएको पनि कार्ल मार्क्स जन्म दिशतवार्षिकी समारोह समितिले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.