प्रश्नपत्र आउट गर्ने थुनामा

प्रश्नपत्र आउट गर्ने थुनामा

राजविराज : माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने मुख्य अभियुक्त दुई प्रहरी आइतबारदेखि पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको आदेशमा सप्तरीको राजविराज नगरपालिका १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत यादव र सप्तरीकै कञ्चनरुप नगरपालिका ६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल कारागारमा थुनामा परेका हुन्। दुबैजना इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत थिए।

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका राजविराज नगरपालिका–१० का विष्णुदेव यादव, अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटी लिइ तारेखमा रिहा गरिएको अदालतले जनाएको छ। विष्णुदेव प्रहरी जवान ब्रह्मदेवका दाजु हुन्।

त्यस्तै खोक्सर प्रवाहा मावि शम्भुनाथका राहत शिक्षक राजविराज १६ बोरियाका मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र ताराकान्त इसरसँग जनही एक लाख रुपैयाँ धरौटी लिइ तारेखमा रिहा गर्ने आदेश भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको प्रश्नपत्र सोही कार्यालयमा कार्यरत प्रहरी जवानद्वय यादव र मण्डलले नै पहिलो पटक बाहिर ल्याएकोले उनीहरूलाई प्रहरी ऐन बमोजिम समेत कारवाही हुने छ।

प्रश्नपत्रको समूह र प्रश्न नम्बरसहित हुबहु उत्तर भएको चिटसहित पक्राउ परेका सप्तरी र सिरहाका परीक्षार्थीहरुलाई सोधपुछ गर्दै जाँदा प्रश्नपत्र बाहिर्‍याउने र आदानप्रदान गर्ने अन्तिम व्यक्तिसम्म पुग्दा मुख्य दोषी प्रहरी नै रहेको फेला परेको हो। प्रहरी दीपेन्द्र एसईईका परीक्षार्थी थिए।

सुरक्षार्थ दुई दिन अगाडि नै इप्रका कल्याणपुरमा ल्याइएको एसईईका प्रश्नपत्र उनीहरूले निकालेका थिए। दीपेन्द्रले आफ्नो प्रवेश पत्रमा सँगै कार्यरत प्रहरी ब्रह्मदेवको फोटो टाँस गरी परीक्षा दिन समेत लगाए। नक्कली परीक्षार्थी बनेर परीक्षा दिने ब्रह्मदेव र दीपेन्द्र मिलेर नै कल्याणपुर प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोका ब्लेडले चिरेर फोटो खिचेको अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) प्रमुख प्रहरी नायबमहानिरीक्षक निरजबहादुर शाहीले बताए।

ब्रह्मदेबले प्रश्नपत्र निकालेर फोटो खिच्ने काम गरिरहँदा दीपेन्द्रले भने बाहिर पाले पहरा दिएका थिए। ब्रह्मदेबलाई यतिले मात्र चित्त नबुझे पछि उनले दाजु बिष्णुदेवलाई इमोमार्फत प्रश्न पठाए जुन उनले शिक्षक रहेका साथी मनोज यादवलाई उपलब्ध गराए। मनोजले सालो नाता पर्ने राजेशलाई दिए जुन उनले सँगै पढने मिल्ने साथी उमेश र उमेशबाट अन्य व्यक्ति हुँदै जिल्लाभरी प्रश्नपत्रको प्रतिलिपि फैलिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.