१२औं आईपीएलमा रन रेटको तनाब

१२औं आईपीएलमा रन रेटको तनाब

काठमाडौं : नेट रनरेटका कारण १२औं इन्डियन प्रिमियर लिग(आईपीएल) प्लेअफ यात्रा निकै रोचक बन्यो।  क्रिकेटमा रनरेटको कति महत्व रहन्छ भन्ने कुरा यस प्रतियोगितामा शीर्ष स्थान ओगट्ने होड र प्लेअफमा स्थान बनाउने होडमा भएको प्रतिस्पर्धाबाट देखाउँछ ।

समूह चरणका १४ खेलमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटलले ९ खेलमा जित निकाले। तीनै टोलीको समान १८ अंक भयो। समान अंक भएको मुम्बई शीर्ष स्थानमा छ, चेन्नई दोस्रो र दिल्ली तेस्रो स्थानमा रह्यो। 

अर्काेतिर सनराईजर्स हैदराबाद, कोलकाता नाइटराइडर्स र किंग्स ११ पञ्चाबको पनि समान १२ अंक छ। यसमध्ये नेट रनरेटका आधारमा हैदराबादले प्लेअफमा स्थान बनाउन सफल भयो भने कोलकाता र पञ्चाब प्रतियोगिताबाट बाहिरिए। अन्तिम खेलमा कोलकाताले जित निकाल्न सकेको भए १४ अंक बनाई सीधै प्लेअफमा स्थान बनाउने थियो। 

हैदराबादले शनिबार भएको लिग चरणको अन्तिम खेलमा प्लेअफको दौडबाट बाहिरीसकेको बैंग्लोरसँग हार व्यहोरेपछि अन्य टोलीको नतिजामा भरपर्नु परेको थियो। पञ्चाब भने आइतबार खेलेको लिग चरणको अन्तिम खेलमा चेन्नईमाथि सानदार जित निकाले पनि रनरेटमा निकै पछि परेका कारण उसले पुच्छारबाट आफूलाई छैटौं स्थानमा पुर्‍याउन मात्रै सक्यो । रनरेटका कारण प्लेअफसम्मको यात्रा तय गर्न सकेन। 
 
 समान अंकरहेका मुम्बई र चेन्नई पहिलो क्वालिफायर खेल्ने भएका छन्। १८ अंक रहेको दिल्लीले १२ अंक रहेको हैदराबादसँग इलिमिनेटर खेल्नुपर्ने भएको छ। दिल्लीले मे १ मा खेलेको चेन्नईविरूद्धको खेलमा फराकिलो अन्तरको हार व्यहोर्दा रनरेटमा पछि परेको हो। उपाधिका लागि उसले इिलिमिनेटर खेलमा हैदराबादलाई हराउनै पर्नेहुन्छ। 

मुम्बई र चेन्नईका लागि क्वालिफायरमा हार व्यहोरे पनि अर्काे एक खेलको मौका हुनेछ। दिल्लीले पछिल्लो खेलमा जित हात पारे पनि त्यसले कुनै फाइदा भएन। उता हैदराबादलाई भने हारले पनि कुनै घाटा पुगेन। यस सिजनको अंक तालिकाको पुच्छारमा को रहने भन्नेमा पनि रनरेट कै प्रभाव देखियो। समान ११ अंक रहेको राजस्थान रोयल्स सातौं स्थानमा रहँदा रोयल च्यालेन्जर्स बैंग्लोर पुच्छारमा छ। 

अंक तालिका 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.